२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

आइफोन १५ सिरिजका चार मोडेल सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

२७ भाद्र २०८०, बुधबार ०५:२४

एजेन्सी | एप्पलले आफ्नो बहुप्रतिक्षित आइफोन १५ सिरिजका चार आइफोन सार्वजनिक गरेको छ ।

मंगलबार क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजित कार्यक्रममा एप्पलले आइफोन १५ को आधारभूत मोडेलसँगै आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स लञ्च गरेको हो ।

नयाँ आइफोनमा डिजाइन तथा फिचर्समा निकै केन्द्रित भएको एप्पलले दुबै फोनमा टाइटेनियम बडी तथा बेजलको आकार घटाएको छ भने क्यामराको गुणस्तरलाई निकै उत्कृष्ट बनाएको दाबी गरेको छ ।

यसपटक एप्पलले आइफोनमा गरेको सबैभन्दा ठूलो परिवर्तन भनेको युएसबी टाइप सी पोर्ट राख्नु नै हो । एप्पलले पहिलोपटक आफ्नो आइफोनमा टाइप सी पोर्ट राखेको छ । यो सँगै अब प्रयोगकर्ताले एन्ड्रोइड फोनको चार्जर केबलबाट समेत आइफोन चार्ज गर्न सक्नेछन् ।

आइफोन १५ प्रो मोडेलमा एक्सन बटनको प्रयोग गरिएको छ, जसले प्रयोगकर्तालाई विभिन्न काममा सरलीकरण गर्नेछ । यो बटनमा प्रयोगकर्ताले विभिन्न कमान्ड सेट गर्न सक्दछन् । प्रयोगकर्ताका लागि यो निकै उपयोगी हुने विश्वास एप्पलको छ ।

यस्ता छन् फिचर्स

आइफोन १५ प्रो सिरिजमा दुईवटा ह्याण्डसेट आएका छन् र दुबैको आकार फरक–फरक छ । आइफोन १५ प्रो मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्रो म्याक्समा ६.७ इन्चको स्क्रिन रहेको छ । दुबैमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जुन गेमिङ तथा स्क्रोलिङका लागि निकै उपयोगी हुनेछ ।


त्यस्तै आइफोन १५ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले रहेको छ ।

आइफोन १५ प्रो सिरिजमा ब्याक प्यानलमा ट्रिपल क्यामरा सेटअप रहेको छ । यसमा प्राइमरी क्यामरा लेन्स ४८ मेगापिक्सेलको रहेको छ । उक्त क्यामरा सेटअपसँगै दोस्रो पुस्ताको सेन्सर सिफ्ट ओआईएस समेत रहेको छ ।

अप्टिकल जुमसँगै फोकसका लागि लिडार स्क्यानर समेत राखिएको छ जसले कमजोर प्रकाशमा समेत राम्रो तस्वीर खिच्नमा सहयोग गर्दछ । अन्य दुई क्यामरामा एउटा अल्ट्रा वाइड एंगल क्यामेरा र तेस्रो म्याक्रो क्यामेरा सेन्सर रहेका छन् ।

आधारभूत आइफोन १५ मोडेलमा समेत ४८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । आइफोन १५ को आधारभूत मोडेलमा ए १६ चिप रहेको छ भने अन्य मोडेलमा ए १७ चिप रहेको छ ।

मूल्य कति ?

आइफोन १५ प्रोको सूरुवाती मूल्य ९९९ डलर तोकिएको छ । त्यस्तै आइफोन १५ प्रो म्याक्सको मूल्य ११ सय ९९ डलर राखिएको छ ।

त्यस्तै आइफोन १५ को सुरुवाती मूल्य ७९९ डलर रहँदा आइफोन १५ प्लसको ८९९ रहेको छ ।

आइफोन १५ विभिन्न ५ वटा रङमा उपलब्ध हुनेछ । चारवटै आइफोन सेप्टेम्बर १५ बाट प्रिअर्डरका लागि उपलब्ध हुने र सेप्टेम्बर २२ मा बजारमा पठाउने एप्पलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता