२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

कारागारबाट फरार चौकीदार पक्राउ

२०७३, १८ आश्विन मंगलवार ०३:०३

धनकुटा, १८ असोज । धनकुटा कारागारमा कैद भुक्तानी गरिरहेका कैदीका चौकीदार मिलन खड्का भागेको डेढ महिनापछि पक्राउ परेका छन् । 

अदालतले डाँका गरेको आरोपमा १६ वर्ष कैद फैसला तोकिएका मिलन खड्कालाई आइतबार राति सङ्खुवासभाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । 

सङ्खुवासभाको मावादिन गाविस–७ (हाल चैनपुर नगरपालिका वडा नं.९) का वर्ष ४३ का मिलन खड्का धनकुटा कारागारमा चौकीदारको रुपमा काम गर्ने गरेका थिए । 

विसं २०६२ मङ्सिरदेखि धनकुटा कारागारमा रहेका उनी चौकीदारको रुपमा बजार गएर सबै कैदीका लागि लत्ताकपडा, खाद्य सामग्रीलगायत आवश्यक सामग्री किनेर ल्याउने र जेलमा उत्पादित वस्तु बजार लैजाने काम गर्दैगर्दा गत भदौ ५ गते भागेका थिए । 

धनकुटा बजार मदनचोकमा किनमेल गर्न गएको अवस्थामा भागी फरार भएकोमा निजलाई खोजतलास गर्ने क्रममा सङ्खुवासभा जिल्लाको मादीमुलखर्क–७ बाट पक्राउ गरिएको र निजउपर कारागार ऐन २०१९ बमोजिम कारबाहीका लागि जिल्ला कारागार धनकुटामा राखिने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो