भदौ २८, काठमाडौँ | पोल्याण्डले एक वर्ष नबित्दै फुटबल टिमका प्रशिक्षक फर्नान्डो सान्तोसलाई बर्खास्त गरेको छ । युरोकप छनोटमा कमजोर प्रदर्शनपछि पोल्याण्डले प्रशिक्षक सान्तोसलाई बर्खास्त गरेको हो ।
सान्तोषको प्रशिक्षणमा पोल्याण्डले ६ खेल मात्र खेलेको छ । आइतबार पोल्याण्ड युरो २०२४ को छनोटमा अल्बानियासँग २–० ले पराजित बनेको थियो । सान्तोसको प्रशिक्षणमा भएको पछिल्ला ५ खेलमा पोल्याण्डको यो तेस्रो पराजय हो । युरो छनोटको समूह ई मा पोल्याण्ड चौथो स्थानमा झरेको छ ।
यसअघि पोर्चुगलको प्रशिक्षक रहँदा सान्तोसले २०१६ मा युरो कप जिताएका थिए । यस्तै २०१८-१९ को पहिलो नेसन्स लिग पनि जितेका थिए तर २०२२ को विश्वकपपछि उनले पोर्चुगल छाडे ।
पोल्याण्डले अर्को खेल अक्टोबरमा आइसल्याण्डसँग हुनेछ । पोलिस फुटबल संघले सान्तोसको प्रयासलाई धन्यवाद दिएको छ । सान्तोसले पोल्याण्डको टिमलाई व्यवस्थापन गर्न पाउँदा आभार व्यक्त गरेका छन् ।
पोल्याण्डसँग छोटो समय काम गर्दा गत जुनमा जर्मनीलाई मैत्रीपूर्ण खेलमा १–० ले हराउनु सान्तोसको लागि सबैभन्दा सुखद नतिजा रह्यो ।
युरो छनोटमा आफ्नो समूहमा शीर्ष वरियता पाएको पोल्याण्ड अल्बानिया, मोल्दोभा र चेक रिपब्लिक भन्दा पछि छ ।