2026-08-29 08:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विद्यार्थीले विदाको समयलाई थप अध्ययन गर्ने मौकाको रुपमा लिनुपर्नेमा जोड

नन्दराम जैशी | असोज १८, जुम्ला | बिद्यार्थीले दशै विदाको समयलाई थप अध्ययन गर्ने मौकाको रुपमा लिनु पर्नेमा सरोकावाला निकायले जोड दिएका छन् । दशै विदाको समयलाई रमाईलोका साथै थप अध्ययन गर्ने अवसरका रुपमा सदुपयोग गर्नु पर्ने शिक्षासंग सम्बन्धित सरोकारवालाको भनाइ छ । सम्पुर्ण विद्यार्थीले विदाको खाली समयको सहि सदुपयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका हुन् । जिल्ला शिक्षा कार्यालय जुम्लाले पनि सबै अभिभावकलाइ आफ्ना बालबालिकाहरुले गर्ने नियमित क्रियाकलापको निगरानी गर्न आग्रह गरेको छ ।

यति बेला आफ्ना बालबालिकाहरुको सहि हेरचाह गर्न आवश्यक पर्ने कार्यालयले जनाएको हो । विदाको समयमा पहिले अध्ययन गरेका बिषयबस्तुलाई पुर्नताजगीका रुपमा लिन सकिने विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताउनु भयो । उहाँले विद्यार्थिहरुलाइ साथीसंगीहरु संग रमाईलोका साथै समय व्यवस्थापन गरी अध्ययनलाई पनि निरन्तरता दिनु पर्ने बताउनु भयो । बिदाको समयमा रमाईलो तथा भेटघाटका साथै विद्यार्थीले आफ्नो जिम्मेवारीलाई ख्याल राख्नु पर्ने विद्यालय निरिक्षक चौलागाईको भनाइ छ ।

दिनमा काम तथा भेटाघाट र चाडवाडमा रमाइलो गरेपनि विद्यार्थीलाई सकभर विहान बेलुकाको समय मिलाएर अध्ययन गर्न उहाँको सुझाब छ । उहाँका अनुसार  विद्यार्थी आफैमा एक काँचो माटो भएको भन्दै उसलाई भविश्यमा कस्तो बनाउने भन्ने जिम्मेवारी अभिभावकमा निहित रहेको बताइएको छ । दशैको समय अवधीभर खानपिनमा समेत ध्यान दिन जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले आग्रह गरेको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो