२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रियल म्याड्रिडका तीन युवा खेलाडी पक्राउ

२०८०, २९ भाद्र शुक्रबार ०६:२१

एजेन्सी | स्पेनको प्रहरीले रियल म्याड्रिडका तीनजना युवा फुटबल खेलाडीलाई पक्राउ गरेको छ । नाबागिलसँग यौन सम्पर्क राखेको भिडियो वितरण गरेको आरोपमा तीनजना युवा फुटबल खेलाडीलाई बिहीबार राति पक्राउ गरिएको समाचारमा जनाइएको छ । 

पक्राउ परेका खेलाडीहरु भने नाबालिग होइनन् । उनीहरुले नाबालिगसँग यौन सम्पर्क गरेको भिडियो वितरणका लागि प्रयोग गरेको मोबाइल फोन पनि प्रहरीले जफत गरेको छ । पक्राउ गरेका तीनैजना खेलाडीलाई न्यायालयले भने जमानतमा रिहा गरेको छ । 

ती नाबालिगको आमाले सेप्टेम्बर ६ तारिखमा दिएको उजुरीका आधारमा प्रहरीले खेलाडीलाई पक्राउ गरेको थियो । ती नाबालिगको उमेर १६ वर्ष रहेको समाचारमा जनाइएको छ । पक्राउ परेका युवा फुटबल खेलाडीले गत जुनमा ती नाबालिगको जानकारी बिना नै भिडियो रेकर्ड गरिएको बयान दिएका छन् । 

तीनैजना खेलाडी रियल म्याड्रिको युथ एकेडेमीको सदस्य हुन् । उनीहरु रियल म्याड्रिडको तेस्रो श्रेणीको क्लबको सदस्य पनि हुन् ।

ती तीनजनाका अतिरिक्त उक्त घटनामा अन्य खेलाडीको समेत सहभागिता रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा