८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

सुकुम्वासीहरु भने- सुरक्षित व्यवस्थापन गरेरमात्र बस्ती हटाऊ

१८ आश्विन २०७३, मंगलवार ०५:२६

असोज १८, विराटनगर । विराटनगर ५ कंचनबारी नहर छेउमा रहेको ऐलानी जग्गामा बसोवास गर्दै आएका सुकुम्वासीहरुले सुरक्षित व्यवस्थापन गरेर मात्र बस्ती हटाउन माग गरेका छन् । आज विहान पत्रकार सम्मेलनको आयोजना  गर्दै सुकुम्वासीहरुले विकासका काममा अवरोध नगर्ने तर सुरक्षित वासको व्यवस्थापन नहुञ्जेल बस्ती खाली नगर्ने बताएका छन् । 

आफुहरुलाई उचित रुपमा व्यावस्थापना गर्ने दायित्व सरकारको समेत रहेको बताउदेै उनिहरुले समन्धित निकायले सुकुम्वासी बस्तीलाई सुरक्षित रुपमा स्थानान्तरण गर्न जोड दिएका छन । 

सुकुम्वासी अगुवाहरुले चाडपर्वको समयमा बालबालिका तथा वृद्धवृद्धा लिएर जाने अवस्था नभएकाले जवरजस्ती हटाउन खोजे आन्दोलन गर्ने चेतावनी बताएका छन ।  

विगत ४० वर्षदेखि सो स्थानमा बस्दै आएको बताउँदै सुकुम्वासी समाज नहर टोलका संयोजक अनुप लामाले उचित व्यवस्थापन नभएसम्म आफूहरुले जग्गा खाली नगर्ने प्रस्ट पार्नुभयो ।उहाँले उपमहानगरपालिका ले जवरजस्ति रुपमा हटाउन खोजे त्यसलाई सशक्क्त रुपमा प्रतिकार समेत गर्ने एक सहभागि सुकुम्वासीले बताउनुभयो ।  

एक बिघा ८ कठ्ठामा फैलिएको ऐलानी जग्गामा अहिले ५५ घर परिवारका करिब ३ सय जना बसोबास गरिरहेका छन् । विराटनगर उपमहानगरपालिकाले व्यावस्थित सहर निमार्ण गर्ने जनाउदै असोज ४ गते पत्र काट्दै ३० दिनभित्र जग्गा खाली गर्न निर्देशन दिएको थियो ।

सुकुम्वासीले आफनो उचित रुपमा व्यावस्थापना गराउन माग गदै उपमहानगरपालिका लाई ध्यानआकर्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार