भदौ ३०, एजेन्सी | भारतको जयपुरमा सुटकेसमा एक नेपाली महिलाको शव फेला गरेको छ । घटनाका मुख्य योजनाकार र उनका सहयोगीलाई बिहीबार चित्रकूट प्रहरी चौकीले पक्राउ गरेको हो । प्रहरीले सुटकेसमा भरेर नाहरगढ डाँडामा फालेकी एक महिलाको शव पनि आरोपीको खोजीमा बरामद गरेको थियो । त्यसको एक दिनपछि ती महिला नेपालको रहेको पुष्टि भएको छ । उनको पहिचान भने खुलाइएको छैन ।
चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । ‘हामीले बिहीबार उनको शव फेला परेका थिए | हामीले हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेका हुन् । शवलाई ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी रहेको छ,’ उनले भने ।
पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ । करिब ५ महिनाअघि नेपालकी एक युवतीलाई दिल्लीबाट जयपुर ल्याइएको थियो । युवतीलाई यहाँ वैशालीनगरस्थित अपार्टमेन्टमा भाडामा राखिएको थियो । अभियुक्तहरूले युवतीलाई सहरका विभिन्न क्षेत्रमा पठाएर देहव्यापारमा लगाउँदै आएका थिए ।
अतिरिक्त प्रहरी आयुक्त डा कैलाशचन्द्र बिष्णोईका अनुसार प्रारम्भिक अनुसन्धानमा आपसी विवादका कारण गत वैशाख २५–२६ राति अभियुक्तले नेपाली युवतीको हत्या गरेको थियो । त्यसपछि २७ अप्रिलको राती शवलाई सुटकेसमा राखेर नाहरगढको पहाडमा फालिएको थियो । यसैबीच विशेष टोलीका हवल्दारले बालिका बेपत्ता र हत्या भएको जानकारी पाए । त्यसपछि प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरी सोधपुछ गरेको थियो ।
जसमा उनले शवलाई सुटकेसमा राखेर नाहरगढको जंगलमा फालिदिएको जानकारी दिएका थिए । त्यसपछि उनीहरुको सूचनामा प्रहरीले सुटकेस बरामद गरेको थियो । डीएसटी वेस्ट इन्स्पेक्टर गणेश सैनीले यस सम्बन्धमा मुद्दा दर्ता गरेका छन्।