२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गैह्रीगाउँ हत्याकाण्ड: सीसीटीभीमा देखिएकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

२०८०, ३१ भाद्र आईतवार ०९:११

भदौ ३१, काठमाडौँ | काठमाडौँको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।

घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतको दाबी छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

दिव्य सः मिलमा शुक्रबार मध्यराति एकै परिवारका तीनसहित ४ जनाको हत्या भएको थियो । उक्त घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । काठमिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए । शुभद्रा केही दिनअघि श्राद्ध गर्न आएकी थिइन् ।

घटनामा मोरङका अन्दाजी २० वर्षीय नविन राई पनि मृत भेटिएका छन् । उनी त्यहाँको कामदार नभएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु