2026-06-28 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रोनाल्डोलाई प्रश्न- तपाईं आफ्ना सबै च्याम्पियन्स लिग उपाधि विश्वकपसँग साट्नुहुन्छ?

एजेन्सी | पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले आफूले जितेका पाँच यूइएफए च्याम्पियन्स लिगको उपाधिसँग विश्वकप उपाधि नसाट्ने बताएका छन् । 

बाइनान्स डटकमसँगको कुराकानीमा रोनाल्डोलाई विभिन्न प्रश्नहरू गरियो । उनलाई हो र होइनमा उत्तर दिन भनिएको थियो । वास्तवमा उनीमाथि झुट पत्ता लगाउने मेसिन ‘लाई डिटेक्टर’ प्रयोग गर्दै प्रश्न गरिएको थियो ।

यस्तोमा उनलाई तपाईं आफ्ना सबै च्याम्पियन्स लिग उपाधि विश्वकपसँग साट्नुहुन्छ भनेर प्रश्न गरिँदा उनले साट्दिनँ भनेर उत्तर दिएका थिए । झुट पत्ता लगाउने मेसिनले रोनाल्डोले सही उत्तर दिएको संकेत गरेको थियो ।

यस्तोमा रोनाल्डोको आलोचना पनि भइरहेको छ । उनले च्याम्पियन्स लिगको स्थानमा विश्वकपलाई नै रोज्नुपर्ने उनका समर्थकले टिप्पणी गरिरहेका छन् ।

यसअघि अर्का स्टार फुटबलर लियोनल मेस्सीले सन् २०१६ मा विश्वकप उपाधिका लागि आफ्नो सबै व्यक्तिगत उपाधि त्याग्न आफू तयार भएको अभिव्यक्ति दिएका थिए । मेस्सीले यतिबेला विश्वकपसँगै फुटबलमा पाउनुपर्ने सबै उपाधि पाइसकेका छन् । रोनाल्डोले भने विश्वकप मात्र जित्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी