2026-09-07 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चीनले ताइवानको आकाशमा पठायो १०३ लडाकु जहाज

असोज १, काठमाडौँ | ताइवानको रक्षा मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टायता चीनका १०३ वटा लडाकु जहाजले घुसपैठ प्रयास गरेका छन्। 

आफ्नो आकाशमा चीनका जहाज घुसेसँगै ताइवानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। रक्षामन्त्रालयले यसलाई हालैका दिनमा भएको सबैभन्दा ठूलो घुसपैठ भनेको छ। 

ताइवानले उसको क्षेत्रमा चीनले निरन्तर तनाव बढाउँदै गएको पनि उल्लेख गरेको छ।

चीनले हरेक दिनजसो ताइवानको क्षेत्रमा घुसपैठ कोसिस गरिरहेको जनाइएको छ। आइतबार र सोमबारको बीचमा चीनका ४० वटा लडाकु जहाज दुवै देशबीच बनेको मध्य रेखा पार गर्दै ताइवानमा घुसेका हुन्। 

यसअघि शनिबार र आइतबारको बीचमा ६३ जहाज ताइवानमा घुसेका थिए। यिनका अलावा ९ युद्धपोत पनि ताइवानको क्षेत्रमा पसेका थिए। 

चीनकोतर्फबाट भएको यो गतिविधि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरिरहेका बेला भएको हो। दुई दिनको उक्त भेटवार्तामा चीनका विदेश मन्त्री वाङ्ग यीले ताइवानको मुद्दा पनि उठाए। 

जासुसी बेलुन प्रकरणपछि दुवै देशबीचको सम्बन्धमा आएको तनावलाई उनीहरु अन्त्य गर्न चाहन्छन्। यस्तोमा जेक सुलिभन र वाङ्ग यीबीच भएको वार्तालाई अहम् मानिएको छ। तर दुवै देशले एकापसबीचका कुराकानीबारे केही खुलाएका छैनन्। 

व्हाइट हाउसले दुवै पक्षबीच युक्रेन युद्ध, ताइवान र विश्व सुरक्षाका मुद्दामा कुरा भएको जनाएको छ। चीनले दुई देशको सम्बन्धमा ताइवान एउटा रेड लाइन भएको बताउँदै अमेरिकाले त्यसलाई नाघ्न नसक्ने बताएको छ। 

करिब १ महिनाअघि चिनियाँ सेना ताइवानमाथि हमलाका लागि तालिम गर्दै गरेका देखिएका थिए। जनमुक्ति सेनाले ९६ वर्ष पूरा गरेको उपलक्षमा चीनले राज्य नियन्त्रित्र सञ्चारमाध्यम सीसीटीभीमा एक डकुमेन्ट्री प्रसारण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल