८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

शिक्षा कार्यालय रोल्पाले दियो सुर्योदय मावि सुलिचौरलाई १६ लाख

१८ आश्विन २०७३, मंगलवार ०५:५६

असोज १८, रोल्पा । जिल्ला शिक्षा कार्यालय रोल्पाले सुर्योदय मावि सुलिचौर रोल्पालाई रु १६ लाख सहयोग गर्ने भएको छ । 

विद्यालयको भौतिक सुविधा विस्तार कार्यक्रमअन्तर्गत रहेको भौतिक निर्माणतर्फको दुईकोठे भवनका लागि रु १६ लाख सहयोग गर्न लागिएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । 

पौडेलका अनुसार उक्त माविले यसै वर्षदेखि माध्यमिक तहको कक्षा ११ र १२ सञ्चालन गर्नुका साथै प्राविधिक शिक्षा सञ्चालन गर्न लागेको हुँदा भौतिक पूर्वाधार निर्माणका लागि सो रकम सहयोग गर्न लागिएको हो । 

जिल्ला शिक्षा कार्यालयको आव २०७३०७४ को वार्षिक कार्यक्रम अनुसार रु १६ लाखको आर्थिक सहयोगमा दुई कोठे भवन निर्माणका लागि जिल्लामा २५ कोटा प्राप्त भएकोमा सोमध्येबाट एउटा कोटा सुलिचौर माविलाई उपलब्ध गराउन लागिएको हो । 

यसैगरी, प्राथमिकताको क्रम निर्धारण गरेर श्रोत केन्द्रबाट सिफारिससहित निवेदन दिएमा अन्य २४ वटा विद्यालयलाई पनि दुई कोठे भवन निर्माणका लागि रु १६ लाखका दरले सहायोग गर्न सकिने पौडेलले बताउनुभयो । 

दुई कोठे भवन निर्माणका लागि जिल्लामा यस वर्ष रु चार करोडको अख्तियारी आएको जिल्ला शिक्षा कार्यालय रोल्पाका शाखा अधिकृत मोहन दाहालले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू