2026-07-24 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इनरुवाकी निकिताको शङ्कास्पद मृत्यु, दाइजोको निहुँमा श्रीमानले हत्या गरेको माइती पक्षको दाबी

सोज २, विराटनगर | दाइजो नल्याएको भन्दै इनरुवा नगरपालिकाका ३ नगेन्द्र भगतले श्रीमतीको हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

विराटनगर माइती भएकी की २३ वर्षीय निकिता चौधरीको श्रीमानले हत्या गरेको भन्दै माइती पक्ष आन्दोलित भएको हो ।

माइती पक्षले दाइजोको निहुँमा पटक पटक चौधरी माथि कुटपिट हुने गरेको भन्दै दोषीलाई कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि प्रदर्शन गर्दै आएका छन् ।

शनिवार राती चौधरीको मृत्यु भएको थियो । बाथरुममा झुन्डिएको भन्दै निकितालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा लगिएको थियो ।

अस्पतालले उपचार हुन नसक्ने भन्दै रेफर गरेपछि थप उपचारका लागि विराट टिचिङ हस्पिटल ल्याउने क्रममा चौधरीको निधन भएको थियो । चौधरीको मृत्युको विषयमा भगत परिवारले फरक फरक कुरा बताउँदै आएको भाइ राकेश चौधरीले बताए ।

उनका अनुसार भगत परिवारले कहिले बाथरुममा चिप्लिएको, कहिले आत्महत्या गरेको बताउने गरिएको छ ।

भाइ राकेशले भने दाइजोको निहुँमा उनकै श्रीमानले हत्या गरेको आरोप लगाएका छन् । ३२ वर्षीय नागेन्द्र भगतमाथि श्रीमती निकिताको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप लगाए ।

शनिवार राती करिब साढे ९ बजेतिर निकिताले श्रीमान् र परिवारसँग झगडा भइरहेको माइतीमा आमालाई फोन गरेर जानकारी गराएकी थिइन् ।

त्यसको आधा घण्टापछि निकिताले झुन्डिएर आत्महत्या गरेको नगेन्द्रकी भान्जीले निकीताका भाइलाई खबर गरेकी थिइन् । त्यसपछि निकिताकी जेठानीले बाथरुममा चिप्लिएर सख्त घाइते भएको भन्दै जिल्ला अस्पतालमा आउन आग्रह गरेको माइती पक्षले दाबी गरेको छ ।

दाइजोको विषयमा झगडा परिरहेको बताएको केही क्षणमा निकिताको मृत्युको कारण विरोधाभासपूर्ण तरीकारले जानकारी गराइएको माइती पक्षले दाबी गर्दै आएका छन् ।

निकीताका भाइ राकेश चौधरीले नागेन्द्रले दिदी निकितामाथि धारिलो हतियार प्रहार गर्नुका साथै घाँटी थिचेर हत्या गरेको आरोप लगाए । निकिताले तिजमा लगाउन चार हजार रुपैयाँको सारी किनिदिन नागेन्द्रसँग आग्रह गरेको गरेपछि विवाद भएको माइती पक्षले दाबी गरेको छ ।

शनिवार साँझ आमासँग श्रीमान् नागेन्द्रलाई सारी किनिदिन आग्रह गरेको र नागेन्द्रले सारी किनिदिनु परे नाम मेटाइदिने भन्दै धम्की दिएको कुरा सुनाएकी थिइन् । नागेन्द्रले आफ्नी छोरीलाई माइतीबाट थप दाइजो ल्याउन दबाब दिँदै कुटपिट गरी हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

नगेन्द्रका दाजु गोपी भगतले भने परिवारमा कुनै झै झगडा नभएको दाबी गरेका छन् । उनले घटना भएको दिन पनि दुवै परिवार जोगवनी गएर तिजको सपिङ गरेको बताए । उनले नगेन्द्रले निकितालाई तीजको सारी किनिदिएको तर सारी किनिदिएपछि तिम्रो वुावले किन सारी नकिनिदिएको भन्दै जिस्काएको दाबी गरे । यही विषयमा दुवैबी झगडा भएको भगतले बताए ।

माइती पक्षले निकिताको दाइजोको निहुँमा हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा नागेन्द्र विरुद्ध जाहेरी दिएका छन् ।

सोही जाहेरीका आधारमा नागेन्द्रलाई आइतबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

‘घटनापछि मृतकको माइती पक्षले जाहेरी दिनुभएको छ’ उनले भने, ‘जाहेरीका आधारमा हामीले श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेका छौँ।’

निकिताको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । शवको पोस्टमार्टम रिर्पोटपछि अनुसन्धान थप अघि बढ्ने रेग्मीले बताए ।

नगेन्द्रको यो दोस्रो विवाह हो । पहिलेकी श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर निकितासँग दोस्रो विवाह गरेका थिए ।

निकितासँग दोस्रो विवाह गरेका नागेन्द्रलाई दाइजो स्वरूप माइती पक्षले ३५ लाख नगद, १० तोला सुन र ८० तोला चाँदी दिएका थिए ।

निकिता र नागेन्द्र बिच २१ महिनाअघि मागी विवाह भएको थियो । उनीहरूको ११ महिनाको छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक