2026-06-28 10:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतीय खुफिया एजेन्सीद्वारा क्यानडेली शिख नेताको हत्या, दुई देशबीच तनाव चुलियो

असोज २, काठमाडौँ | भारतीय खुफिया एजेन्सीले क्यानडामा एक शिख नेताको हत्या गरेपछि दुई देशबीच तनाव चुलिएको छ ।

क्यानडाले भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि प्रतिवादमा उस्तै कदम चालेको छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन टुडो ले सोमबार संसदमा बोल्दै शिख समुदायका नेता हरदिप सिंह निज्जारको गत जूनमा भएको हत्यामा भारत सरकारका एजेन्टहरूको हात रहेको बताएका थिए । टुडोका अनुसार क्यानडा सरकारले आफ्ना गुप्तचरमार्फत यो सूचना प्राप्त गरेको हो । यस सम्बन्धमा आफूले जी २० को बैठकमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुरा गरेको उनले जानकारी दिए ।

‘क्यानेडियन भूमिभित्र क्यानडेली नागरिकको हत्या एउटा विदेशी सरकारको कुनै पनि किसिमको संलग्नता हाम्रो सार्वभौमिकताको उल्लंघन हो र यो अस्वीकार्य छ,’टुडोले भने । शिख स्वायत्तताको वकालत गर्दै आएका निज्जारको हत्यामाथि अनुसन्धानका लागि समन्वय गर्न भारतलाई दबाब दिने उनले बताएका थिए ।


लगत्तै क्यानडेली विदेशमन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो देशमा रहेका भारत सरकारका प्रमुख कूटनीतिज्ञलाई देश निकाला गरेको घोषणा गरिन् ।

भारतीय विदेश मन्त्रालयले भने क्यानडेली प्रधानमन्त्रीको दाबीलाई खण्डन गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको सुरक्षामा धावा बोलिरहेका ‘खालिस्तानी आतङ्ककारी र अतिवादीलाई क्यानडाले आश्रय दिइरहेको’ आरोप समेत लगाएको छ ।

खालिस्तान भनेको शिख पृथकतावादीहरूले स्थापना गर्न खोजेको स्वायत्त राज्य हो ।

मन्त्रालयले टुडोले लगाएको आरोपलाई प्रधानमन्त्री नरेन्द्र मोदीले ठाडै खण्डन गरेको जनाएको छ । साथै, मन्त्रालयले एक वरिष्ठ क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ ।

यसै महिना क्यानडाले भारतसँगको एउटा व्यापार वार्ता स्थगित गरेको थियो । जि २० शिखर सम्मेलनमा मोदीले द्विपक्षीय वार्ता गर्ने नेताहरूको सूचीबाट टुडोलाई हटाएका थिए ।

टुडोका अनुसार शिख नेताको हत्याबाट क्यानडामा रहेका भारतीय मूलका नागरिकहरू आक्रोशित र चिन्तित बनेका छन् । क्यानडाको कुल जनसंख्यामा ४ प्रतिशत अर्थात् करिब १४ लाख भारतीय मूलका मानिसहरू छन् । उनीहरूमध्ये धेरै शिख समुदायका हुन् । जगमित सिंह क्यानडाको प्रतिपक्षी न्यू डेमोक्रेटिक पार्टीका नेता थिए, जसले टुडेको अल्पमतको सरकारलाई सत्तामा टिक्न सहयोग गरिरहेको छ ।

४५ वर्षीय निजारको ब्रिटिस कोलम्बियाको सर्रे स्थित एक शिख मन्दीरमा गोली हानी हत्या गरिएका थियो । भारतको पञ्जाव प्रान्तसमेत समावेश रहने गरी स्वतन्त्र खालिस्तानको पक्षमा संघर्ष गरिरहेका निज्जारलाई भारत सरकारले आतङ्ककारी घोषणा गर्दै वान्टेडको सूचीमा राखेको थियो । निज्जारले आफ्नो ज्यानमाथि खतरा रहेको बताउँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी