2026-09-19 02:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा प्रहरी दिवसको अवसरमा मिनी म्याराथन

असोज १८, झापा । एकसठिऔँ प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको विर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । 

अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित आयोजना गरेको सो चार किमीको दौड प्रतियोगितामा ६० जनाको सहभागिता थियो । प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न सङ्घ संस्थाका पदाधिकारीले भाग लिएका थिए । 

प्रतियोगितामा कालीबहादुर गण चारआलीका वुद्धराज तामाङ प्रथम, सोही गणबाटै आइजनिक रुचाल दोस्रो र वुद्धराज लिम्बू तेस्रो भए । 

विजयी सबैलाई अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजालले पुरस्कार प्रदान गर्नुभयो । विजयीलाई पुरस्कार प्रदान गर्दै वरिष्ठ प्रहरी उपरीक्षक रिजालले २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले जनस्तरमा अझैं पनि पर्याप्त काम गर्न नसकिरहेको र प्रहरीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएपनि प्रहरी खुलेर साथी बन्न नसकेको बताउनुभयो । 

उहाँले जनस्तरमा काम गर्ने प्रहरीलाई साथी बनाएर अपराध नियन्त्रणमा सहयोग पु¥याउन पनि सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उमेश डालमिया, विर्तामोड शाखाका अध्यक्ष बलराम कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटी, उपभोक्ता हकहित संरक्षण मञ्चका मदनगोपाल सुब्बालगायतले प्रहरीले गर्दै आएको कार्य उत्कृष्ट रहेको र विश्वसामु नेपाल प्रहरीले नेपालको नाम राख्न सफल भएकाले आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्दै जान सल्लाह दिनुभएको थियो । 

कार्यक्रम इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले संयोजन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई