२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा प्रहरी दिवसको अवसरमा मिनी म्याराथन

१८ आश्विन २०७३, मंगलवार ०६:१७

असोज १८, झापा । एकसठिऔँ प्रहरी दिवसको अवसर पारेर नेपाल प्रहरीले आज झापाको विर्तामोडमा मिनी म्याराथन दौड प्रतियोगिता सम्पन्न गरेको छ । 

अञ्चल प्रहरी कार्यालय मेची र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा ‘स्वास्थ्यका लागि दौड’ भन्ने नारासहित आयोजना गरेको सो चार किमीको दौड प्रतियोगितामा ६० जनाको सहभागिता थियो । प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विभिन्न सङ्घ संस्थाका पदाधिकारीले भाग लिएका थिए । 

प्रतियोगितामा कालीबहादुर गण चारआलीका वुद्धराज तामाङ प्रथम, सोही गणबाटै आइजनिक रुचाल दोस्रो र वुद्धराज लिम्बू तेस्रो भए । 

विजयी सबैलाई अञ्चल प्रहरी कार्यालय मेचीका वरिष्ठ प्रहरी उपरीक्षक केदार रिजालले पुरस्कार प्रदान गर्नुभयो । विजयीलाई पुरस्कार प्रदान गर्दै वरिष्ठ प्रहरी उपरीक्षक रिजालले २०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले जनस्तरमा अझैं पनि पर्याप्त काम गर्न नसकिरहेको र प्रहरीलाई हेर्ने दृष्टिकोणमा केही सुधार आएपनि प्रहरी खुलेर साथी बन्न नसकेको बताउनुभयो । 

उहाँले जनस्तरमा काम गर्ने प्रहरीलाई साथी बनाएर अपराध नियन्त्रणमा सहयोग पु¥याउन पनि सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्री, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्री, झापा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष उमेश डालमिया, विर्तामोड शाखाका अध्यक्ष बलराम कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा विर्तामोडका सभापति सजेश शिवाकोटी, उपभोक्ता हकहित संरक्षण मञ्चका मदनगोपाल सुब्बालगायतले प्रहरीले गर्दै आएको कार्य उत्कृष्ट रहेको र विश्वसामु नेपाल प्रहरीले नेपालको नाम राख्न सफल भएकाले आगामी दिनमा पनि अझ रचनात्मक कार्य गर्दै जान सल्लाह दिनुभएको थियो । 

कार्यक्रम इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जर्नादन घिमिरेले संयोजन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य