२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

४३ जनाबाट पौने चार करोड ठगी गरेको अभियोगमा एक मेनपावरको लाइसेन्स खारेज

४ आश्विन २०८०, बिहीबार ०८:२९

असोज ४, काठमाडौँ | वैदेशिक रोजगार विभागले ४३ जना श्रमिकहरूसँग पौने चार करोड रूपैयाँ ठगी गरेको अभियोगमा विस एचआर सोलुसन प्रालि (इजाजत पत्र नम्बर १४२५/०७४/०७५) को लाइसेन्स खारेज गरिदिएको छ। 

उक्त मेनपावरले म्यानपावरले ४३ जना श्रमिकहरूलाई जापान, अमेरिका, पोल्याण्ड, क्रोएसिया, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनि ३ करोड ८२ लाख २८ हजार ४९८ रूपैयाँ रकम लिई वैदेशिक रोजगारीमा नपठाएको र रकम समेत फिर्ता नगरेको पाइएपछि विभागले लाइसेन्स खारेज गरेको हो ।  लाइसेन्स खारेज गर्दै वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा समेत दायर गरेको छ । 


म्यानपावरले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कसुर गरेकाले सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालालाई दफा ४४ अनुसार सजाय हुने विभागले जनाएको छ। 

ठगी भएको तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ पीडितहरूलाई विगो र सोको ५० प्रतिशत हर्जानासमेत भराउन माग दाबी गरी विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य