2026-07-28 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘कन्सल्टेन्सी’लाई अध्ययनका नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउँछौँ : श्रममन्त्री भण्डारी

असोज ४, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र(कन्सल्टेन्सी)हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र भिजिट भिसाको नाममा जानेहरूमा बढी विकृति देखिएको बताए। मेनपावरहरु भन्दा पनि कन्सल्टेन्सीहरूमार्फत अध्ययन र कलेजको नाममा विदेश पठाउने काम भइरहेको उनको भनाइ थियो। वैदेशिक रोजगार व्यवसायी संघमार्फत् वैदेशिक रोजगारीमा जानेहरूमा समस्या नभएको दाबी गर्दै उनले कन्सल्टेन्सीमार्फत विदेश जानेले समस्या भोगिरहेको बताए।

उनले कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीमा पठाउने श्रमिकको रेकर्ड सरकारसँग पनि नभएको बताए। त्यस्ता संस्थाहरुको कुनै उत्तरदायित्व नहुने भएको भन्दै सरकारले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले श्रम स्वीकृत लिएर मात्रै जानुपर्ने व्यवस्था प्रतिकूल हुनेगरी कन्सल्टेन्सीले गर्ने यस्तो कार्य रोक्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्ने तयारी रहेको बताए।

पछिल्लो समय ९९ प्रतिशत भिजिट भिसामा जाने महिला कामदारहरू समस्यामा रहेको उनको भनाइ थियो। घरेलु कामदारको विषयमा सरकारले रोके पनि जाने क्रम भने नरोकिएको पनि उनले बताए। घरेलु कामदार रोक्नको लागि समितिको निर्देशन आवश्यक रहेको भनाइ उनले राखेका थिए।

सरकारले सम्बन्धित मुलुकको अवस्था र सुरक्षाको मापदण्ड अपनाएर मात्रै घरेलु कामदार पठाउने निर्णय गरेको जानकारी उनले दिए। वैदेशिक रोजगारीमा जानेहरूलाई अनिवार्य रोजगारीमा जाने देशको भाषा र सीप तालिम दिएर मात्रै पठाउने व्यवस्था गरिने उनले बताए।

यसैगरी सरकारले वैदेशिक रोजगारीमा देखिएका वर्तमान समस्या समाधान गर्नेगरी काम गरिरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै