२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

चेक रिपब्लिक पठाईदिन्छु भनी करिब ४१ लाख रकम ठगी, दुई जना पक्राउ

४ आश्विन २०८०, बिहीबार १२:०७

असोज ४, काठमाडौँ | चेक रिपब्लिक पठाईदिन्छु भन्दै ठगेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा  झापा गौरादह न.पा. वडा नं. ४ स्थाई घर भई हाल जिल्ला काठमाण्डौ वडा नं. १० नयाँबानेश्वर बस्ने बर्ष २५ को अमृत कार्की र वर्ष २६ को अशोक कार्की रहेका छन् । 


काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले प्रहरी प्रभाग बुढानिलकण्ठको समन्वयमा बिहीबार झापा घर भइ नयाँबानेश्वर बस्ने अमृत कार्की र अशोक कार्कीलाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध प्रतिव्यक्ति ८ लाखका दरले ४० लाख ८४ हजार रकम ठगेको उजुरी परेको थियो। उनीहरुले दाताराम भट्टराई समेत ५० जनालाई वैदेशिक रोजगारीको लागि चेक रिपब्लिक पठाईदिन्छु भनी रु. ४० लाख ८४ हजार रकम ठगी  गरेका थिए । 

ओरा करियर नामको कन्सल्टेन्सी खोलेर ठगी गरेको प्रहरीले जनाएको छ। चेक रिपल्बिक पठाएर मासिक १ लाख रुपैयाँ तलबमा काम लगाउने भनी प्रलोभनमा पारी रकम ठगीपश्चात् उनीहरू सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहाचाल पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य