2026-09-18 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

दुधे बच्चा छाडेर जाँदा पनि एक किलो चामल पाइएन

असोज १८,  जाजरकोट । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कनुभयो । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । एकातिर दुधे छोरा छोड्नुपर्दाको अवस्था, अर्कोतिर चामल नपाउनुको पीडा आइतीलाई पीडा खपिनसक्नुभयो । 

आइती जस्तै नायकवाडाकै वडा ८ ताँसीबाट दसैँका लागि चामल पाउने आशामा घाट डिपोमा आउनुभएका पवन विकले पनि एक गेडा चामल पाउनुभएन । घरमा छ दिनकी सुत्केरी छोडेर आएको बताउने पवन श्रीमतीलाई खुवाउने र दसैँ मनाउने चामल लिन डिपो आउनुभएको थियो । न उहाँकी श्रीमतीले भात खान पाउने अवस्था भयो न त उहाँको दसैँमा भातले खुसी ल्याउने भयो । हुनेखानेका लागि घरमा महँगो चामल र खसीको व्यवस्था गरिने र तर हुँदा मात्र खानेले भने आँसु पुच्छदै बस्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ । 

आइती र पवनभन्दा अघि आएर चामल पाएका स्थानीयवासीले पनि दुई किलोदेखि पाँच किलोसम्म चामल सीमित व्यक्तिले मात्र पाएका थिए । बारेकोटको जनसङ्ख्या करिब १८ हजारको हाराहारीमा छ तर यो जनसङ्ख्यालाई ८१ क्विन्टल चामलले दसैँ र तिहार मनाउनुको विकल्प छैन । 

यो जिल्लाको सबैभन्दा बढी दुर्गम र पिछडिएको क्षेत्र हो । यहाँ नायकवाडा, रोकायगाउँ, रामीडाँडा र सक्ला गाविस छन् । जिल्लाकै सबैभन्दा उत्पादनका हिसाबले कम उत्पादन हुने क्षेत्र पनि यही हो । 

उच्च हिमाली क्षेत्र भएका कारण सहजै खाद्यान्न ढुवानी कार्य पनि सहज छैन । प्रहरीको घेरामा खाद्यान्न वितरण गर्दा पनि एक किलो चामल नपाउनुको पीडा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ । 

वर्षायाममा भत्किएको बाटो मर्मत नहुनु र नलगाड जलविद्युत् आयोजनाका लागि पहुँच मार्ग निर्माण भइराखेकाले खाद्यान्न ढुवानी गर्ने बाटोसमेत अवरुद्ध भएको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “साँच्चिकै बारेकोटलाई राज्यले न्याय गर्ने हो भने हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्छ” । 

“बारेकोटवासीलाई प्रत्येक वर्ष आउने दसैँ, तिहारजस्ता पर्वले हाँसो अनि खुसी मात्र बोकेर ल्याउँदैन, पीडा पनि सँगै बोकेर ल्याएको हुन्छ ।” रामीडाँडा सिर्पाचौरका हरिबहादुर थापाले बेदना सुनाउहुन्छ, “सदरमुकामबाट करिब तीन दिनको दूरीमा रहेको यस क्षेत्रमा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ढुवानी गरेको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्रीभन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने पीडाले गर्दा यहाँ ल्याइएका वस्तुहरु छोइनसक्नु छ ।” 

यहाँका अधिकांश पुरुष भारतमा कमाइका लागि जाने हुँदा घरमा बच्चाबच्ची र महिला मात्र हुने गर्छन् । काम गर्न सक्ने उमेरका सबै युवाले घर छाड्ने चलनले पनि अधिकांश खाद्यान्न वस्तु आयात गर्नुपर्दछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई