2026-07-24 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

क्यान चुनावमा चतुरको टीम तयार– उपाध्यक्षमा रोशन, सचिवमा पारस

असोज ५, काठमाडौँ |  नेपाल क्रिकेट संघ (क्यान) को भावि नेतृत्वका लागि भोलि चुनाव हुँदैछ । अध्यक्ष चतुरबहादुर चन्द फेरि दोहोरिने कसरतमा छन् भने उनलाई बर्दियाका विनय राजभण्डारीले चुनौति दिने छन् ।

अहिलेसम्मको स्थितिमा चन्द निकै बलियो देखिन्छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा बाग्मती प्रदेशका अध्यक्ष पारस खड्का र क्यानका केन्द्रीय कोषाध्यक्ष रोशन सिंह समूहको समर्थन उनले हासिल गरेका छन् ।

चन्दसँग प्यानल बनाउन पारस र रोशन समूहको प्रतिस्पर्धा थियो । तर, चतुरले चातुर्यतापूर्वक दुवैलाई समेटेर आफ्नो दावेदारी बलियो बनाउन सफल भए । उनले रोशन र पारस दुवैलाई पदाधिकारीमा स्थान दिन लागेका हुन् ।

चतुरले उपाध्यक्षमा रोशनलाई र सचिवमा पारसलाई समर्थन गर्नेछन् । क्यानमा कुनै पनि पक्ष–विपक्ष नरहेको भन्दै सबैलाई आफूले समेट्ने प्रयास गरेको उनले बताए ।

यसैगरी चतुरको कोषाध्यक्ष उम्मेदवार पदम खड्का हुने भएका छन् । उनी क्यानका सुर्खेत अध्यक्ष हुन् ।

चतुरको प्यानलमा पदाधिकारीका आकांक्षी प्रशान्तविक्रम मल्ल भने अटाउन सकेनन् । उनले सचिवमा पारसविरुद्ध उम्मेदवारी दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक