पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज १८, दमौली ।</b> स्थानीय शुक्ला गण्डकी नगरपालिका– १० स्थित भिमाद चोकमा आज एउटा जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । </p><p>बेलचौताराबाट खैरेनीटार जाँदै गरेको ग १ च ७०३० न को महेन्द्रा जिपले ठक्कर दिँदा सोही ठाउँ बस्ने बारा जिल्ला जितपुर– १२ निवासी ४२ वर्षीय शङ्कर शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p><p>ठक्करबाट गम्भीर घाइते शाहको सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । फरार जिप चालकको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । रासस </p>

