प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझा"/>

2026-09-18 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पैसा हैन जग्गा लिनुस्

प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझाव दिएकाछन् ।

 

राट्रिय भुमीअधिकार मञ्च बर्दियाले आज सदरमुकाम गुलरियामा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भूमिसुधार अधिकारी शेषकान्त पौडेलले मोहीहरुको सवालमा ०७३ भदौ ६ गते राजपत्रमा प्रकाशन गरेको सुचना सुन्दर अवसर भएकोले यसको सदुपयोग गर्न मोही र जग्गावालहरुलाई अनुरोध गर्दै मोहीहरुलाई आफ्नो हक प्राप्तीको लागी प्रकृयामा आउन अनुरोध गर्नुभयो । 

कार्यक्रममा उपस्थित मोहीहरुले राखेका जिज्ञासाको उत्तर दिनुहुँदै भूमिसुधार अधिकारी पौडेलले प्रकृयागत ढंगबाट निवेदन आएपछी मात्र मुल्तबी जगाउने कार्य गरिने बताउनु भयो । 

कार्यक्रममा उपस्थित मोही िकिसानहरु ।

मोही बाँडफाँडका लागी ०७४ भदौ ५ गते भित्र मोही प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्थानीय निकायको सिफारीस, फिल्ड बुक उतार र मोठ रुजु गरेको पत्र सहित निवेदन दिन सरकारले सुचना जारी गरेको छ । मोही नामसारीको लागी, मोही प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, गाविस बाट हक खुलेको सिफारीस, मृत्यु दर्ताको प्रमाण पत्र र नाता प्रमाणीत कागजपत्रको प्रतिलिपि सहित भुमीसुधार कार्याक्रलय वा भुमीसुधार कार्यालय नभएको अबस्थामा मालपोत कार्यालयमा निवेदन दर्ता गराउन सकिने बताइएको छ ।

 

सरकारले २०४१ सालमा दिएको मोहीको प्रमाणपूर्जा ।

छलफल कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, अधिकारकर्मीहरु, पत्रकार, वकिल, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय भुमीअधिकार मञ्च नेपाल जिल्ला कार्यलय बर्दियाका कार्यबहाक अध्यक्ष केशबहादुर विकको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई