प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझा"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पैसा हैन जग्गा लिनुस्

१८ आश्विन २०७३, मंगलवार ११:०५

प्रभात सुवेदी । असोज १८, बर्दिया । 

सरकारले मोही लागेको जग्गालाई मोही र जग्गावाला बीच बाँडफाँडको सूचना राजपत्रमा प्रकाशन गरेसंगै मोहीहरुलाई जाग्गावालाहरुको प्रलोभनमा नपरी पैसा भन्दा जग्गानै लिन सरोकालवालाहरुले सुझाव दिएकाछन् ।

 

राट्रिय भुमीअधिकार मञ्च बर्दियाले आज सदरमुकाम गुलरियामा आयोजना गरेको अन्तरकृयात्मक कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भूमिसुधार अधिकारी शेषकान्त पौडेलले मोहीहरुको सवालमा ०७३ भदौ ६ गते राजपत्रमा प्रकाशन गरेको सुचना सुन्दर अवसर भएकोले यसको सदुपयोग गर्न मोही र जग्गावालहरुलाई अनुरोध गर्दै मोहीहरुलाई आफ्नो हक प्राप्तीको लागी प्रकृयामा आउन अनुरोध गर्नुभयो । 

कार्यक्रममा उपस्थित मोहीहरुले राखेका जिज्ञासाको उत्तर दिनुहुँदै भूमिसुधार अधिकारी पौडेलले प्रकृयागत ढंगबाट निवेदन आएपछी मात्र मुल्तबी जगाउने कार्य गरिने बताउनु भयो । 


कार्यक्रममा उपस्थित मोही िकिसानहरु ।

मोही बाँडफाँडका लागी ०७४ भदौ ५ गते भित्र मोही प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, स्थानीय निकायको सिफारीस, फिल्ड बुक उतार र मोठ रुजु गरेको पत्र सहित निवेदन दिन सरकारले सुचना जारी गरेको छ । मोही नामसारीको लागी, मोही प्रमाण पत्र, नागरिकताको प्रतिलिपि, गाविस बाट हक खुलेको सिफारीस, मृत्यु दर्ताको प्रमाण पत्र र नाता प्रमाणीत कागजपत्रको प्रतिलिपि सहित भुमीसुधार कार्याक्रलय वा भुमीसुधार कार्यालय नभएको अबस्थामा मालपोत कार्यालयमा निवेदन दर्ता गराउन सकिने बताइएको छ ।

 

सरकारले २०४१ सालमा दिएको मोहीको प्रमाणपूर्जा ।

छलफल कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, अधिकारकर्मीहरु, पत्रकार, वकिल, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय भुमीअधिकार मञ्च नेपाल जिल्ला कार्यलय बर्दियाका कार्यबहाक अध्यक्ष केशबहादुर विकको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत