2026-09-07 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ऋण तिरिसक्दा पनि अनावश्यक माग गर्दै दलित महिलालाई निर्वस्त्र घुमाइ पिसाब पिलाएको आरोप

असोज ८, काठमाडौँ | भारतको बिहारस्थित पटना जिल्लामा एक साहूकार र उनका सहयोगीले दलित महिलालाई निर्वस्त्र पारेर कुटपिट गरेको र पिसाब पिलाएको आरोप छ । 

ऋण तिर्दा पनि साहूले महिलासँग थप पैसाको ‘अनावश्यक’ माग गरेको आरोप छ । यसबारे महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार एक प्रहरी अधिकारीले मुख्य अभियुक्त प्रमोद सिंह र उनका छोरा अंशु सिंह फरार रहेको बताएका छन् । उनको गिरफ्तारीको लागि छापा मारी सुरु गरिएको छ ।

घाइते महिलाको अस्पतालमा उपचार भइरहेको छ । उधारोको रकम ब्याजसहित तिर्दा पनि यस्तो दुर्व्यवहार भोग्नुपरेको महिलाको आरोप छ ।

के भनिन् महिलाले ?

ती महिलाले भनिन्, ‘मेरो श्रीमानले केही महिनाअघि प्रमोद सिंहसँग १५ सय रुपैयाँ ऋण लिएर ब्याजसहित फिर्ता गरेका थिए । तर, उनीहरूले थप पैसा मागेका थिए जुन हामीले दिन मानेनौँ ।’

यो घटना शनिवार राति पटनाको खुसरुपुर थाना क्षेत्र अन्तर्गतको एउटा गाउँमा भएको हो ।

प्रमोद सिंहले फोनमा महिलालाई पैसा नदिए गाउँमा नग्न पारेर घुमाउने धम्की दिएका थिए । महिलाले यसबारे प्रहरीमा उजुरी गरेकी थिइन् ।

महिलाका परिवारका सदस्यले पत्रकारलाई भने, ‘उजुरीबारे सोधपुछ गर्न प्रहरीको टोली शनिवार गाउँ गएको थियो, जसले प्रमोद र उनका साथीलाई आक्रोशित बनाएको थियो । शनिवार राति करिब १० बजे प्रमोदका केही व्यक्ति महिलाको घर गएर जबरजस्ती प्रमोदको घरमा लगे । ’

त्यहाँ महिलालाई कुटपिट गरेर यातना दिएको आरोप छ ।

प्रहरीलाई दिएको बयानमा महिलाले भनिन्, ‘प्रमोदले आफ्नो छोरालाई मेरो मुखमा पिसाब फेरिदिन भने र उनीहरुले पनि त्यसै गरे । म केही गरी बाँचेर घर फर्किएँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह