2026-06-28 08:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गुगल म्यापको भर पर्दा भत्किएको पुलबाट खस्यो कार, चालकको मृत्युपछि गुगलविरुद्ध मुद्दा

असोज ८, काठमाडौँ | गुगल म्यापको भर परेर कार कुँदाइरहेका एक अमेरिकीको गत वर्ष दुर्घटनामा मृत्यु भयो । गुगल म्यापमा बाटो अपडेट नभएको र भत्किसकेको पुलसमेत सद्दे नै देखाएका कारण चालकले सोही पुलमाथि कार कुदाउँदा दुर्घटना भएर कार नदीमा खसेको थियो । गुगलले आफ्नो म्याप्स एप अपडेट नगरेका कारण दुर्घटनामा मानवीय क्षति भएको भन्दै मृतक फिलिप प्याक्सनका परिवारले गुगलविरुद्ध मुद्दा हालेका छन्।

नौ वर्ष अगाडि नै भत्किएको पुलको विवरण गुगल म्यापमा अद्यावधिक नगरेर गुगलले लापरबाही गरेको फिलिपका परिवारको आरोप छ ।


अमेरिकाको नर्थ क्यारोलिनास्थित हाइकोरीमा रहेको एउटा क्षतिग्रस्त पुलमाथि गाडी कुदाउने क्रममा सन् २०२२ को सेप्टेम्बरमा प्याक्सनको मृत्यु भएको थियो ।

मंगलबार उनका परिवारले वेक काउन्टिस्थित देवानी अदालतमा गुगलविरुद्ध मुद्दा दायर गरेका हुन् । गुगलका प्रवक्ताले कम्पनीमाथि लागेको अभियोगको समीक्षा भैरहेको बताएका छन् । प्याक्सन परिवारप्रति आफ्नो गहिरो समवेदना रहेको पनि गुगलका प्रवक्ताले बताएका छन् ।

अदालतमा दायर भएको मुद्दाको निवेदन अनुसार प्याक्सनले साथीको घरमा आयोजित आफ्नी नौ वर्षीया छोरीको जन्मदिनको पार्टी सकेर घर फर्किरहेको बेला कार दुर्घटना भएको थियो । प्याक्सन दुर्घटनास्थलको सडक तथा वस्तुस्थितिका बारेमा जानकार थिएनन् र गुगल म्याप लगाएर गाडी कुदाइरहेका थिए ।

निवेदनको व्यहोरामा भनिएको छ : स्थानीय सडकका बारेमा उनी अपरिचित थिए र सुरक्षित रुपमा आफ्नो घरतर्फ निर्देशित गर्ने विश्वासमा उनी गुगल म्याप्समा भर परेका थिए ।

उनीभन्दा अगाडि पत्नीले छोरीहरुलाई लिएर घर फर्किसकेको र उनी पार्टी सकिएपश्चात् सरसफाइँ गरेर मात्रै घर फर्किन थालेकाले एक्लै दुर्घटनामा परेका थिए ।

त्यसबेला रातको अन्धकार थियो भने वर्षातसमेत भैरहेको हुनाले उनले निकै सचेततापूर्वक कार चलाइरहेका थिए । उनले त्यो अपरिचित ठाउँमा कुनै शंका नै नगरिकन गुगल म्याप्सको दिशा पछ्याइरहेका थिए । त्यहीँ बाटो पछ्याउँदै उनको कार स्नो क्रिक नदीमा रहेको भत्किएको पुलमाथि बाट तल खस्न पुग्यो र नदीमा डुबेर उनको मृत्यु भयो ।

सन् २०१३ मै भत्किएको उक्त पुलको विवरण आफ्नो अनलाइन म्यापमा अद्यावधिक गर्नका लागि स्थानीय बासिन्दाहरुले गुगललाई पटकपटक सम्पर्क गरेका रहेछन्, तर गुगलले आफ्नो नक्सामा उक्त पुललाई सद्दे नै देखाएको थियो ।

क्षतिग्रस्त पुलको मुखमा रहेको बार पनि तोडफोड गरेर भत्काइएका कारण कार चालक निर्धक्क पुलमा प्रवेश गरेका थिए ।

मृतक फिलिपका परिवारले सो पुल मर्मत गर्ने जिम्मेवारी पाएका स्थानीय तीनवटा कम्पनीविरुद्ध पनि मुद्दा हालेका छन् । – बीबीसीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी