2026-07-25 09:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

असोज १५ गतेदेखी दशैंमा घर जान अग्रिम टिकट बुकिङ खुल्ने, बढी भाडा लिए कारवाही हुने

असोज ८, काठमाडौँ | नेपालीहरुको महान चाड दशैंमा घर जानका लागि अग्रिम बस टिकट असोज १५ गतेदेखी खुल्ने भएको छ । आज यातायात व्यावस्था विभागमा बसेको व्यवसायी र विभागको छलफलमा असोज १५ देखी अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको हो ।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको अध्यक्षतामा बसको बैठकले व्यातायात व्यवस्थालाई सहज बनाउने विषयमा छलफल भएको हो । 

महानिर्देशक रिजालले भने, ‘आजको बैठकले असोज १५–२० गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने सहमति भएको छ, धेरै जसो व्यावसायी अनलाइन प्रणालीमा गएको कारण यो पटक सहज हुने अनुमान छ।’

अरनिको यातायातले भने बुकिङ अहिले नै खुला गरिसकेको महानिर्देशक रिजालले जानकारी दिए । प्रत्येक वर्ष दशैंमा उपत्यका छाड्नेको संख्या बढ्ने गर्छ । यातायात व्यावस्थापनलाई चुस्त बनाउन विभागले व्यावसायीहरुसँग छलफल सुरु गरेको हो । 

व्यावसायीहरुले दशैंको मौका छोपेर महँगो भाडा लिन नपाउने भएका छन् । यदी महँगो भाडा लिए कारबाही गरिने पनि विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक