असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् । 
2026-06-24 09:35 PM
काठमाडौँ - KTM

काँग्रेसभित्र गुटबन्दी बढ्यो

2016-10-04

असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको “वर्तमान अवस्थाप्रति प्रजातान्त्रिक समाजको दृष्टिकोण” बिषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक एजेण्डा सहितको विकास कार्यक्रममा ध्यान दिन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए । 

उनीहरुले नेपाली काँग्रेसले सहमति, सहकार्य र एकताको नाममा सिद्धान्त विर्सदै गएको र पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कृतिको सट्टा गुटवन्दी बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थामा राज्य र राजनीतिक दलमा व्यक्तिभन्दा संस्था, संयन्त्र र लोकतान्त्रिक संस्कृति सुदृढ हुन नसक्दा विकास निर्माण, सुशासन र राज्यले दिने सेवामा प्रभावकारिता आउन सकेको छैन भन्नुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानबाट प्राप्त मुख्य उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँनुभयो । 

वरिष्ठ पत्रकार होमनाथ दाहालले प्रजातन्त्रविरोधी शक्ति सबैतिर स्थापित हुँदै गरेको तथा राष्ट्रियता संकटमा परेको बेला सहमति, सहकार्य र एकताको नाउँमा काँग्रेसले सिद्धान्त विर्सदै जाँदा मुलुकमाथिनै संकट थपिदै गएको धारणा राख्नुभयो । 

उहाँले वीपी, गणेशमान, सुवर्ण शमशेर जस्ता नेताहरुले बालेको प्रजातन्त्रको दियोमा तेल थप्दै जानुपर्नेमा पार्टीभित्र महाधिवेशनपछि गुटवन्दी बढेर मुख्य विषयहरुमा नेताहरुबीच स्वभाविक छलफल नहुनु चिन्ताको विषय हो भन्नुभयो । 

वरिष्ठ पत्रकार एवम राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले काँग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिलाई समयानुकुल परिभाषित गर्नुपर्ने धारणा राख्दै पार्टीमा बढ्दो गुटवन्दीले लोकतान्त्रिक संस्कृति, संगठन र सिद्धान्त कमजोर बनाउँदै लगेको छ भन्नुभयो । 

“पार्टीका निकाय र सरकारमा नियुक्ती हुँदा गुटउपगुटका मान्छे नियुक्त हुन्छन्, काँग्रेसका हुँदैनन्, अहिले काँग्रेस पार्टीभित्र काँग्रेस बन्ने संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता छ,” दाहालले भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रजातान्त्रिक सिद्धान्तले स्वतन्त्रता र समुन्नती दिएन भने त्यहाँ नेतृत्व असफल हुन्छ भन्दै पुँजीको विकास, सामाजिक सुरक्षा र पुँजीको पुर्नवितरण सहित स–साना उद्यम व्यवसाय धेरै संख्यामा गरेर आर्थिक विकासलाई अघि बढाउन सकिन्छ भन्नुभयो । 

उहाँले सरकार अस्थिर भएर विकासमा बाधा पर्दैन बरु त्यसलाई लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर भएमा सुशासन र विकासमा बाधा पुग्छ भन्नुभयो । 

कुटनीतिज्ञ डा. शंभुराम सिंखडाले काँग्रेसलाई अरु कसैले होइन आफैभित्रको झगडा र गुटवन्दीले कमजोर बनाउने गरेको छ भन्दै सिद्धान्तको राजनीति र निष्ठावान नेतृत्वले संगठनको माध्यमबाट जनताले चाहेको विकास गर्न सक्नुपर्छ भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्यद्वय प्रभु बुढाथोकी र धीरेन्द्रमान प्रधानले एउटा भन्ने तर अर्को काम गर्ने, निराशा बढाउने र आपसमा विश्वास नगर्ने प्रवृत्ति तथा बुद्धिजीवीले पनि समस्या उठाउने तथा समाधान नदिने गर्दा देशमा झनझन समस्या बढ्दै गएको धारणा राख्नुभयो । 

समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले व्यक्तिभन्दा विचार, सिद्धान्त, संस्था र सयन्त्र राम्रो हुँदा मात्र राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ भन्नुभयो । 

कार्यक्रममा नेपाल इञ्जिीनीयर्स एशोसीयसन र नेपाल चिकित्सक संघका नवनिर्वाचीत पदाधिकारीलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक