असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् । 
४ कार्तिक २०८१, आईतवार
काठमाडौँ - KTM

काँग्रेसभित्र गुटबन्दी बढ्यो

१८ आश्विन २०७३, मंगलवार १२:५०

असोज १८, काठमाडौं । सरकारभन्दा पनि सरकारी कार्यक्रम लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर हुँदा आर्थिक समृद्धि हुन नसकेको बुद्धिजीवीहरुले बताएका छन् । 

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको “वर्तमान अवस्थाप्रति प्रजातान्त्रिक समाजको दृष्टिकोण” बिषयक अन्तक्र्रियाका सहभागीले राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक एजेण्डा सहितको विकास कार्यक्रममा ध्यान दिन नसक्दा आर्थिक विकासले गति लिन नसकेको बताए । 

उनीहरुले नेपाली काँग्रेसले सहमति, सहकार्य र एकताको नाममा सिद्धान्त विर्सदै गएको र पार्टीभित्र आन्तरिक लोकतान्त्रिक संस्कृतिको सट्टा गुटवन्दी बढ्दै गएकोमा चिन्ता समेत व्यक्त गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थामा राज्य र राजनीतिक दलमा व्यक्तिभन्दा संस्था, संयन्त्र र लोकतान्त्रिक संस्कृति सुदृढ हुन नसक्दा विकास निर्माण, सुशासन र राज्यले दिने सेवामा प्रभावकारिता आउन सकेको छैन भन्नुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानबाट प्राप्त मुख्य उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुको विकल्प नरहेको बताउँनुभयो । 

वरिष्ठ पत्रकार होमनाथ दाहालले प्रजातन्त्रविरोधी शक्ति सबैतिर स्थापित हुँदै गरेको तथा राष्ट्रियता संकटमा परेको बेला सहमति, सहकार्य र एकताको नाउँमा काँग्रेसले सिद्धान्त विर्सदै जाँदा मुलुकमाथिनै संकट थपिदै गएको धारणा राख्नुभयो । 

उहाँले वीपी, गणेशमान, सुवर्ण शमशेर जस्ता नेताहरुले बालेको प्रजातन्त्रको दियोमा तेल थप्दै जानुपर्नेमा पार्टीभित्र महाधिवेशनपछि गुटवन्दी बढेर मुख्य विषयहरुमा नेताहरुबीच स्वभाविक छलफल नहुनु चिन्ताको विषय हो भन्नुभयो । 

वरिष्ठ पत्रकार एवम राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले काँग्रेसले आफ्नो आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिलाई समयानुकुल परिभाषित गर्नुपर्ने धारणा राख्दै पार्टीमा बढ्दो गुटवन्दीले लोकतान्त्रिक संस्कृति, संगठन र सिद्धान्त कमजोर बनाउँदै लगेको छ भन्नुभयो । 

“पार्टीका निकाय र सरकारमा नियुक्ती हुँदा गुटउपगुटका मान्छे नियुक्त हुन्छन्, काँग्रेसका हुँदैनन्, अहिले काँग्रेस पार्टीभित्र काँग्रेस बन्ने संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता छ,” दाहालले भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले प्रजातान्त्रिक सिद्धान्तले स्वतन्त्रता र समुन्नती दिएन भने त्यहाँ नेतृत्व असफल हुन्छ भन्दै पुँजीको विकास, सामाजिक सुरक्षा र पुँजीको पुर्नवितरण सहित स–साना उद्यम व्यवसाय धेरै संख्यामा गरेर आर्थिक विकासलाई अघि बढाउन सकिन्छ भन्नुभयो । 

उहाँले सरकार अस्थिर भएर विकासमा बाधा पर्दैन बरु त्यसलाई लागू गर्ने संस्था, संयन्त्र र प्रणाली अस्थिर भएमा सुशासन र विकासमा बाधा पुग्छ भन्नुभयो । 

कुटनीतिज्ञ डा. शंभुराम सिंखडाले काँग्रेसलाई अरु कसैले होइन आफैभित्रको झगडा र गुटवन्दीले कमजोर बनाउने गरेको छ भन्दै सिद्धान्तको राजनीति र निष्ठावान नेतृत्वले संगठनको माध्यमबाट जनताले चाहेको विकास गर्न सक्नुपर्छ भन्नुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्यद्वय प्रभु बुढाथोकी र धीरेन्द्रमान प्रधानले एउटा भन्ने तर अर्को काम गर्ने, निराशा बढाउने र आपसमा विश्वास नगर्ने प्रवृत्ति तथा बुद्धिजीवीले पनि समस्या उठाउने तथा समाधान नदिने गर्दा देशमा झनझन समस्या बढ्दै गएको धारणा राख्नुभयो । 

समाजका अध्यक्ष डा. केदारनरसिंह केसीको सभापतित्वमा भएको सो कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले व्यक्तिभन्दा विचार, सिद्धान्त, संस्था र सयन्त्र राम्रो हुँदा मात्र राजनीतिक दल र लोकतान्त्रिक शासन व्यवस्था सुदृढ हुन सक्छ भन्नुभयो । 

कार्यक्रममा नेपाल इञ्जिीनीयर्स एशोसीयसन र नेपाल चिकित्सक संघका नवनिर्वाचीत पदाधिकारीलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा शान्तिपूर्ण आन्दोलमा सुरक्षा गर्नुपर्ने प्रहरी प्रशासनबाटै दमन भयो : तोसिमा कार्की रवि लामिछानेको समर्थनमा प्रदर्शन गरिरहेकी एक महिला प्रहरी नियन्त्रणमा रेमो डिसूजा, उनकी पत्नी सहित अन्य पाँच जनामाथि ठगीको उजुरी मलाई अदालतले न्याय दिनेछ: रवि लामिछाने रविलाई कास्की अदालतमा पुर्‍याइयो, पक्षमा ७ अधिवक्ताले बहस गर्ने रवि लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा भक्तपुरको ज्ञापनपत्र कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक साफ च्याम्पियनसिपका लागि सावित्रा भण्डारी फ्रान्सबाट आज नेपाल आउँदै निषेधाज्ञाबीच पोखरामा रास्वपाको प्रदर्शन, स्थिति तनावग्रस्त रविको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखराका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी