५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

१२ आश्विन २०८०, शुक्रबार ०९:०३

असोज १२,  काठमाडौँ | हाङझाउ एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम सेमिफाइनलमा पुगेको छ।

आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपाली टिममा सुबिनकुमार प्रजापति, दिपेश गुरुङ, साहस भण्डारी र समिर गुरुङले शुक्रबार खेलेका थिए।


आजको प्रतिस्पर्धामा नेपालको समूहमा हङकङ, प्लेस्टाइन र  साउदी अरेबिया थिए। जसमा हङकङ शीर्ष स्थानमा रहदा  नेपालले प्लेस्टाइन र साउदीलाई पछि पार्‍यो। 

हङकङको ‍५१ मिनेट ०९.९८३ सेकेन्ड, नेपालको  ५४ मिनेट ०४.८४२ सेकेन्ड, प्लेस्टाइनको १ घन्टा ४९.५२७ सेकेन्ड र साउदीको १ घन्टा ३ मिनेट ४५:१०७ सेकेन्डको टाइमिङ रह्यो। 

आजै भएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगे। यस्तै समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्। नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगे।


अब चार समूहबाट आएका शीर्ष दुई-दुई टिम गरी आठ टिमबीच दूई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलका दुवै समूहमा चार-चार टिम हुनेछन्। 

चार-चार टिम मध्ये समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्। फाइनल चरणमा चार टिमबीच प्रतिस्पर्धा हुनेछ। जसमा शीर्ष तीन टिमले मेडल पाउनेछन्। 

अब नेपालले भोलि हुने समूहमा दोस्रो स्थान हात पारे फाइनलमा स्थान बनाउनेछ। पर्सी हुने फाइनलमा शीर्ष तीनमा पर्न सके नेपालले एसियाली खेलकुदमा पदक जित्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ