2026-07-24 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सप्तरीबाट चोरीपैठारीको १०० वटा ‘वाकीटकी’ बरामद

असोज १४, सप्तरी | सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट सशस्त्र प्रहरीको टोलीले करिब ८ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकीटकी)  बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको १ सय वटा पोर्टेबल वाकीटकी सेट सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । उक्त सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । 

विशेष गरी सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।  

यसैगरी सोही जिल्लाको बलानविहुल गाउँपालिका ४ बेल्ही स्थित सीमा  करीव २ लाख २५ हजार रुपैयाँ बरारको चोरीपैठारीको एक थान प्रिन्टर मेसीन र एउटा मोटरसाईकल बरामद भएको छ ।     भारतीय नम्बर प्लेटको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको प्रिन्टर मेसीनसहितको मोटरसाईकल बिओपी बेल्हीले नियन्त्रणमा लिएको हो ।

बरामद रेडियो सेट, प्रिन्टर मेसीन र मोटरसाईकल आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय बेल्ही तिलाठीमा बुझाइएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक