2026-07-24 06:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

समस्या समाधानका लागि साउदी अरब पुगेका म्यानपावर सञ्चालक सम्पर्कविहीन

असोज १५, काठमाडौँ | नेपालीहरूले भोग्दै आएको समस्या समाधान गर्न साउदी पुगेका एक म्यानपावर व्यवसायी सम्पर्कविहीन बनेका छन् । सेप्टेम्बर १९ मा साउदी पुगेका फ्रेन्डशिप इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेसका सञ्चालक वीरेन्द्र शाह सम्पर्कविहीन बनेका हुन् । 

साउदीको  रियादस्थित फारिस अल रीम कम्पनीमा काम गर्न भनी गएका नेपालीहरूले तलब तथा खान बस्न समेत नदिएको भन्दै गुनासो गरेका थिए । त्यसपछि समस्या समाधानका लागि सञ्चालक शाह आफैँ साउदी पुगेका थिए । तर, हालसम्म सम्पर्कमा नआएका हुन् । 

यो विषयमा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मन्चले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङ्गले प्रधानमन्त्री कार्यालयमा उनको खोजीका लागि पहल गरिदिनु अनुरोध गरिएको बताए । 

यो विषयमा साउदीस्थित नेपाली दूतावाससँग समेत सम्पर्क गरिएको छ । तर, दूतावासले समेत ठोस जवाफ दिन नसकेको उनको भनाई छ ।

उनको कम्पनीमा मार्फत कामका लागि गएका नेपालीहरूलाई एउटै कोठामा बन्द गरेर राखेको थियो । त्यही क्रममा उनीहरूले भिडियो बनाएर आफूहरू समस्या समाधान गर्न आएका शाहलाई ४÷५ जनाको समूहमा आएका व्यक्तिहरूले हातपात गरेर लगेको बताएका थिए ।  

‘वीरेन्द्र सर हाम्रो कोठामा आउनुभयो । हामीले भोगिरहेको समस्या समाधान गर्नको लागि यता आउनुभयो । केही व्यक्ति आएर हातपात गरेर लगेर गए । कहाँ लगे ? किन लगे हामीलाई केही जानकारी भएन ?’ भिडियोमा बोल्ने नेपाली कामदारहरूले भनेका छन् । 

दूतावासका अनुसार आवश्यक सोधपुछको लागि भन्दै साउदी प्रहरीले नियन्त्रणमा लिएको छ । यो विषयमा दूतावासले थप बुझ्ने काम गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक