२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगाका सिडियो र डिएसपी सडकमा उत्रिएपछि………………… (फोटो फिचर)

१९ आश्विन २०७३, बुधबार ०१:५३


पूर्णप्रसाद न्यौपाने/असोज १९, ओखलढुंगा । ओखलढुंगामा स्थानिय प्रशासनद्धारा सवारी दुर्घटना न्यूनिकरण विषेश अभियान सुरु भएको छ । देशैभर सवारी दुर्घटना बढेको भन्दै ओखलढुंगामा स्थानिय प्रशासनले विषेश सतर्कता सहितको अभियान सुरु गरेको हो । अभियान अन्तरगत केहि समय अघि टाईम कार्डको नियम सुरु गरेको प्रशासनले यात्रु सन्तुष्टिर गुनासो सर्भेक्षण फाराम वितरणको काम सुरु गरेको छ । प्रहरीले उक्त फारम यात्रुलाई हरेक दिन उपलब्ध गराउने र यात्रुले फारम भरेर प्रहरीलाई बुझाउनु पर्ने जिल्ला प्रहरी प्रमुख मिलन केसीले बताउनुभयो ।

यात्राका क्रममा केहि समस्या परेको भए वा सुधारका लागि केहि आवश्यक देखिएमा निशंकोच गुनासो फारम भरेर बुझाउन सक्ने उहाँको भनाई छ । सुरक्षित यात्राका लागि सवारीमा यात्रा गर्दा आएका समस्या समेटेर गुनासो फारम तयार गरि यात्रुहरुबाट भरेर आएका गुनासा सम्बोधन तथा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । दुर्घटना न्यूनिकरणमा सबैको भूमिका महत्वपूर्णहुने भन्दै पवित्र अभियानमा सबैले हात्तेमालो गर्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ । 

प्रहरीले दशैँ सुरु भएसँगै सुरक्षा चेकजाँच, मनपरि भाडा असुलिको अनुगमन र यात्रुहरुको गुुनासो संकलनको काम तिव्र पारेको छ । मंगलबार जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको आयोजना एवम् ट्राफिक प्रहरी र यातायात व्यवसायिक संघहरु विचको समन्वयमा “सुरक्षित यात्राका लागि सवै जिम्मेवार वनौ“भन्ने नारा सहित सदरमुकाम स्थित रमाईलोडाँडामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले यातायात व्यवसायी,चालक,सरोकारवाला र यात्रुहरुसँग अन्तरक्रिया गर्नुभएको हो । सवारी साधानमा क्षमता भन्दा वढी यात्रु नहाल्न र यात्रुहरुलाई यात्रा गर्दा पर्न जाने कठिनाईलाई निराकण गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । सावर्जनिक स्थानहरुमा तोकिएको भाडादर टाँस गरिने र यात्रुलाई ठगिनबाट जोगाउने कार्यक्रम समेत रहेको प्रहरीले जनाएको छ ।

सोमबार मात्रै ओखलढुंगामा करिब ६० जना यात्रुसँग सवारीले लिएको बढि भाडा फिर्ता गराईएको थियो । प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख आफँै सडकमा उत्रिएर सवारी चेकजाँच गर्नुभएको थियो । 


दशैको चहल पहल सुरु भएसँगै सडक सुरक्षा मजबुत बनाईएको  ट्राफिक प्रहरी ईन्चार्ज कुमार फुयालले जानकारी दिनुभयो । माथील्लो सगरमाथाका तिन वटै जिल्ला ओखलढुंगा,खोटाङ र सोलुखुम्बु चल्ने यात्रुबाहक सवारीले यात्रुसँग मनपरि भाडा असुल्ने गरेको गुनासो बढिरहेको छ । एकतर्फ मात्र यात्रु पाउने भन्दै यस क्षेत्रमा सञ्चालन हुने सवारीले दोहोरो भाडा असुल्ने गरेको स्रोतले जनाएको छ । स्थानिय प्रशासनले भने यात्राका क्रममा ठगिएमा उजुरी गर्न भनेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान