५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बालबालिकाको आनीबानी सुधार्दै बालक्लब

१९ आश्विन २०७३, बुधबार ०३:१६

(गोपालप्रसाद पोखरेल) | असोज १९, पथरी (मोरङ) । गतवर्ष मोरङको टङ्कीसिनुवारी–१ की ३५ वर्षीया लक्ष्मी अर्यालले छोराको अध्ययन काठमाडौँबाट मोरङ सार्नुभयो । काठमाडौँमा बस्दा छोराको पढाइ बिग्रिएकाले छोरालाई लिएर उहाँ आफ्नै गाउँ मोरङको टङ्कीसिनुवारी फर्किनुभयो । गाउँ फर्कनुको एउटै उद्देश्य थियो — ११ वर्षीय छोरा सिर्जलको अध्ययन र आनीबानी सुधार्नु । 

उहाँले भन्नुभयो, “काठमाडौँमा राम्रो पढ्ला भनेर लगेको, पढाइ पनि बिग्रियो, बानी व्यवहारमा पनि सुधार आएन ।” टङ्कीसिनुवारी फर्किएर उहाँले छोरालाई युनिक एकेडेमीमा भर्ना गर्नुभयो । एक वर्षमै छोराको पठनपाठनमा उल्लेख्य सुधार आयो । सिर्जल कक्षा ५ मा उत्कृष्ट दशभित्र परे । पठनपाठनमा उनको प्रगति उल्लेख्य रह्यो । यसपछि उहाँले छोराको पढाइमा आएको सुधारको श्रेय स्थानीय सिद्धार्थ बाल क्लबलाई दिनुभयो । बालक्लबमा लागेपछि आनीबानीमा परिवर्तन आएको उहाँले सुनाउनुभयो । बाल क्लबमा सिकाइने नैतिक शिक्षाका कारण छोरामा सुधार आएको उहाँको भनाइ छ । 

लक्ष्मीको छोरा मात्रै हैन बालक्लबमा लागेपछि धेरै बालबालिकाको अध्ययनसँगै आनीबानीमा सुधार आएको छ । १४ वर्षीया मनिषा पाण्डे, सिद्धार्थ बाल क्लबकी अध्यक्ष हुनुहुन्छ । बालक्लबमा लाग्नुअघि उहाँको पढाइ कमजोर थियो । बालक्लबमा आबद्ध भएपछि उहाँले आनीबानीमा सुधार गर्नुभयो । अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन थाल्नुभयो । उहाँ अहिले स्कुलमा हरेक गतिविधिमा प्रथम स्थान हात पारेको सुनाउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “वक्तृत्वकलामा मलाई कसैले भेट्दैन ।” मनिषाले धेरै पुरस्कार पनि हात पार्नुभएको छ । उहाँ भन्नुहुन्छ, “ममा आएको सुधार बालक्लबकै कारण हो ।” बालक्लबमा लागेपछि सामाजिक काममा पनि उहाँ अगाडि हुनुहुन्छ । उहाँ बालक्लबको अध्यक्ष भएपछि चेतनामूलक सडक नाटक गर्ने र मङ्सिरसम्ममा ‘क्लिन टङ्की’ बनाउने अभियान थालिएको छ । 

सरोज कार्की सिद्धार्थ बाल क्लबका सचिव हुनुहुन्छ । उहाँको पढाइमा व्यापक सुधार आएको छ । बालक्लबमा २५ जना सदस्य छन् । उहाँहरुले खाजाबापतको पैसा बचत गरेर क्लबमा जम्मा गर्दै आउनुभएको छ । बचत भएको पैसाले क्लबका सबै सदस्य एकै ठाउँमा ट्युसन पढ्ने गरेको सरोजले बताउनुभयो । अपुग पैसा बुबा–आमाले दिने गर्नुभएको छ । तर, अभिभावकबाट धेरै व्यहोर्नुपर्ने अवस्था नरहेको उहाँले सुनाउनुभयो । 

क्लबका सदस्यहरु एकै ठाउँमा बसेर पढ्न थालेपछि सबैको पठनपाठनमा उल्लेख्य सुधार आएको उहाँको भनाइ छ । “हाम्रो बालक्लबका कुनै साथी पनि कमजोर हुनुहुन्न,” उहाँले भन्नुभयो, “क्लबमा आबद्ध हुने सबै साथी एक से एक छन् ।” बालबालिकाले स्थानीय गोवरधनदास कमलावती परोपकारी प्रतिष्ठानमा वृक्षरोपण पनि गर्नुभएको छ । त्यहाँको सरसफाइ हरेक साता गर्ने गरेको क्लबका सचिव कार्कीको भनाइ छ । 

बाल क्लबमा आबद्ध भएपछि खेमराज राउत, दीपेश थापा लगायतका क्लबका सबै सदस्यको अध्ययनसँगै आनीबानीमा पनि सुधार आएको अभिभावक बताउनुहुन्छ । राउत अहिले क्लबको उपाध्यक्ष हुनुहुन्छ भने थापा कोषाध्यक्ष । उहाँहरु पहिले कसैको अगाडि बोल्न सक्नुहुन्नथ्यो भने विद्यालयमा पढाइमा पनि कमजोर हुनुहुन्थ्यो । बाल क्लबमा आबद्ध भएपछि धेरै सुधार आएको उहाँहरुले सुनाउनुभयो । नजानेको कुरा क्लबभित्रै छलफल गर्छाैं, क्लबका साथीहरुबाट समाधान नभए सल्लाहकारलाई सोध्छौँ, त्यहाँबाट पनि समाधान नभए त्यसका विज्ञसम्म पुग्ने गरेको खेमराजले बताउनुभयो । 

यसमा क्लबका सल्लाहकार ५० वर्षीय रामकाजी कार्कीले सहयोग गर्नुभएको छ । उहाँले तीनजना बालक सुबम तामाङ, शेखर राउत र मिलन राउतलाई आफ्नै घरमा संरक्षण दिएर राख्नुभएको छ । उहाँले क्लबको कार्यालय सञ्चालनका लागि एउटा कोठा पनि निःशुल्क उपलब्ध गराउनुभएको छ । 

टोलभरिका बालबालिका त्यहीँ जम्मा भएर छलफल गर्छन् । बालबालिका हरेक गतिविधिमा प्रथम हुने गरेको उहाँले बताउनुभयो । क्लबको कार्यालयमा कुन–कुन सदस्य के–केमा प्रथम भए त्यसको लिस्ट क्लबमा टाँसिने गरिएको छ । उहाँहरुले प्राप्त गरेको पदक पनि क्लबमा सजाएर राखिएको छ । बालबालिकाले पहिलो प्राथमिकता पढाइलाई दिएको र त्यसपछि मात्रै अरू अभियानमा लाग्ने गरेको सल्लाहकार कार्कीको भनाइ छ । 

प्रदूषणरहित टङ्कीसिनुवारी बनाउने अभियानमा बालबालिका लागेको उहाँले बताउनुभयो । गाविसले कुल बजेटको १० प्रतिशत बालबालिकाको क्षमता अभिवृद्धिमा खर्चने गरेको छ । सिद्धार्थ बाल क्लबले नमुना कार्य गर्दै अघि बढेपछि अहिले टङ्कीसिनुवारी–५ को सुनौलो बाल क्लबले पनि उसकै बाटो पछ्याउन थालेको छ । 

सिद्धार्थभन्दा २ वर्षपछि स्थापना भएको सुनौलो बाल क्लबले समुदायमा सरसफाइ, जन्मदर्ता गर्न सहयोग गर्ने, बालविवाह नियन्त्रण र खुल्ला दिसामुक्त गाविस बनाउने अभियानमा सक्रिय भएर लागेको अध्यक्ष शंकर राजवंशीले बताउनुभयो । राजवंशीका अनुसार दाइजो प्रथा विरुद्धको नाटक, सरसफाइसम्बन्धी होर्डिङ वोर्ड, पाँच÷पाँच रुपैयाँ बचत गरेर डस्टबिन र बेल्चा खरिद गरिएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? रवि लामिछाने पक्राउ पर्नु सहकारी छानबिन प्रतिवेदनको सुरुवात मात्र हाे : सरकार यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू रवि लामिछानेको बयान सकियो, ६ दिनको म्याद थप्न माग रविविरुद्धको बहस सकियो, म्याद थपबारे निर्णय केहीबेरमा रास्वपाको प्रदर्शनले प‍ाेखरा तनावग्रस्त, प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय असोजमा रोजगारीका बिदेसिए लागि ५३ हजार बढी युवा