८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

राजी जातिले भूमि खोसिएकोमा आन्दोलन गर्ने

१९ आश्विन २०७३, बुधबार ०३:२०

असोज १९, गुलरिया (बर्दिया) । सबैभन्दा पहिले यहाँको भूमिको उपयोग गरेका राजी जातिले आफ्नो भूमि तथा पुरानो सम्पत्ति खोसिएका कारण आफूहरुले आन्दोलन गर्ने बताएको छ । 

राजी साल्म समाज, सानोश्री, तारातालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले सरकारी सेवासुविधामा राजी जातिको पहुँच नभएका कारण आन्दोलन गर्ने जानकारी दिए । यसैगरी, तमु ह्युला छाँजधी, बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले पनि राजी जाति सानोश्रीको मालिक रहेका बताए । 

बर्दियाको सानोश्रीमा मंगलबार राजी जातिको सरकारी सेवासुविधामाथि पहुँच पुर्याउनुपर्ने मागबारे सो समुदायले ध्यानाकर्षणसमेत गराएको छ । सो अवसरमा बर्दियाको सानोश्रीमा ताराताल नगरपालिका प्रमुख वसन्तकुमार कनौजियाले सरकारी सेवामा राजी जातिको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

मंगलबार भएको कार्यक्रमबाट राजी समुदायको नेपाल आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष जगत तामाङले राजी समुदायको हकअधिकारका लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो । 

राजी साल्म समाज, सानोश्री, तारातालले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, वडा नागरिक मञ्चका अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालका पदाधिकारी तथा सञ्चारकर्मीले आफुहरुको मागमा सरकारलाई दबाब दिन राजीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे