२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

बैदेशिक रोजगारको लागि नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाउने प्रलोभन देखाई ठगि गर्ने २ जना बिदेशी नागरिक पक्राउ

१७ आश्विन २०८०, बुधबार १२:१९

असोज १७, काठमाडौँ | बैदेशिक रोजगारको लागि विभिन्न देशमा पठाउने प्रलोभन देखाई ठगि कार्यमा संलग्न २ जना पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन्।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वास मा पारी  ठगी गर्ने योजना बनाईरहेको छ भन्ने जाहेरीको आधारमा निगरानी गर्ने क्रममा  यस कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले मंगलबार ठमेलमा रहेको होटल यात्री एण्ड दुड्डी सुइट्स एण्ड स्पाको कोठा नं. ३०४ र ३१४ बाट नियन्त्रणमा लिएको हो।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको छ ।      

पक्राउ परेका ब्यक्तिहरु:

१. पाकिस्तान राहुलपिन्डी घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ठमेल बस्ने DIN MUHAMMAD को छोरा राहदानी नं. AK9821443 (पाकिस्तान) बाहक बर्ष ५१ को NAZIR MUHAMMAD ।

२. अजरबैजन देश घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. २६ ठमेल बस्ने राहदानी नं. C00279710 (अजरबैजान) बाहक बर्ष ३१ की AYSEL HUSEYNIL ।

अनुसन्धानबाट खुल्न आएका कुराहरु

• प्रोसेसिङ गर्नको लागि लाग्ने चार्ज प्रतिव्यक्ति १०००।– डलर (नेपाली रू.१,३३,०००।-) लिने गरेको ।

• नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको । 

• अन्दाजी.नेपाली.रु. ८०,००,०००।–(असी लाख मात्र) रकम ठगि गरेको खुल्न आएको ।

• पिडितहरुलाई बिश्वास दिलाउनको लागि अजरबैजानमा समेत लगि घुमाई दिएको खुल्न आएको ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य