२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

रोमानियासँग भोली शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुँदै, श्रममन्त्री सहितको टोली रोमानियामा

१८ आश्विन २०८०, बिहीबार ०४:०७

असोज १८, काठमाडौँ । सरकारले युरोपेली मुलुकहरु जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसंगै श्रममन्त्री शरद सिङ भण्डारी नेतृत्वको टोली अहिले रोमानियामा छ । 

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्ने प्रयोजनमा स्वीकृति दिएको थियो । श्रम सम्झौताको कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान रोमानिया प्रस्थान गरेको हो । उनिसंगै मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी समेत रोमानिया गएका छन् । साथै श्रम सम्झौताको लागि जाने टोलीमा मन्त्रालयका सहसचिव तथा कर्मचारीसहित रहेका छन् । 

प्राप्त जानकारी अनुसार नेपाल र रोमानियाबीच भोली शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने कार्यक्रम छ । रोमानियासँगको श्रम सम्झौतापछि मन्त्री भण्डारी जर्मनी जानेछन् । जर्मनीसँग पनि श्रम सम्झौता हुँदैछ । 

श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजारभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर रोमानिया गइसकेका छन् । 

जर्मनीसँग श्रम सम्झौताको मिति जतिसक्दो छिटो तय हुने श्रम मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य