2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

दसैँको समयमा अन्धकार भोजपुर

असोज १९, भोजपुर । विद्युत् सेवा तीन दिनयता अवरुद्ध हुँदा दसैँको समयमा भोजपुर जिल्ला अन्धकार बनेको छ । 

हिले—भोजपुर ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या भएको भन्दै नेपाल बिद्युत् प्राधिकरण भोजपुरले विद्युत् सेवा सञ्चालन गर्न नसकेको हो । आइतबारदेखि गएको विद्युत् सेवा अहिलेसम्म पनि सञ्चालन हुन नसक्दा सरकारी कामकाज र सञ्चार गृह सबैभन्दा बढी प्रभावित हुनाका साथै भोजपुर सदरमुकाम र आसपासका क्षेत्र अन्धकारमय बनेको हो । 

पछिल्लो समयमा आएर सबै काम कम्प्युटर प्रणालीबाट हुने गरेका कारण विद्युत् सेवा अवरुद्ध हुँदा सेवा सहजरुपमा प्रवाह गर्न समस्या भएको हो । विद्युत् सेवा मर्मत भएर सञ्चालन नहुँदा दसैँको समयमा कुटानी–पिसानी गर्ने मिल सञ्चालनमा समेत समस्या भएको छ । कार्यालय बन्द हुने समयमा विद्युत् लाइन सञ्चालन नहुँदा सबैभन्दा बढी मार सदरमुकाममा रहेका सरकारी तथा निजी बैंकलाई परेको छ । 

रकम निकाल्नका लागि गाँउ–गाँउबाट सर्वसाधारण तथा कर्मचारी आउने गरेको भए पनि विद्युत् सेवा नहुँदा समस्या भएको सम्बन्धित निकायले बताएका छन् । भोजपुरमा विगतमा पनि पटक–पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । 

यसैबीच, नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले भने विद्युत् मर्मतका लागी प्राधिकरणका कर्मचारीलाई खटाइएको जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई