2026-09-07 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

फिफाले हटायो रसियामाथिको प्रतिबन्ध

असोज १८, काठमाडौँ | अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले रसियामाथिको प्रतिबन्ध हटाएको छ ।

फिफाले रसियालाई उमेर समूहको महिला तथा पुरुष फुटबल प्रतियोगिता खेल्न दिने निर्णय गरेको हो । यस्तै निर्णय एक हप्ताअघि युरोपेली फुटबल महासंघ यूईएफएले गरेको थियो ।

युवा टिमलाई खेल्न दिने भए पनि फिफाले त्यसमा केही शर्तहरु राखेको छ । रसियाको युवा टिमले रसियाको नामबाट नभई रसिया फुटबल महासंघको नामबाट प्रतियोगिता खेल्ने छ । प्रतियोगितामा रसियाको टिमले आफ्नो राष्ट्रिय फुटबल किट प्रयोग गर्न पाउने छैन भने रसियाको राष्ट्रिय गानसमेत बजाइने छैन ।

रसियनले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले २०२२ को फेब्रुअरीमा रसियाको राष्ट्रिय टिम तथा क्लबहरुलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

रसियामाथिको प्रतिबन्ध हटाउने निर्णयमा पुनर्विचार गर्न युक्रेनको फुटबल संघले फिफालाई आग्रह गरेको छ । युक्रेनले आफूले रसियाको टिम सहभागी भएको कुनै पनि प्रतियोगिता नखेल्ने चेतावनी दिएको छ ।

यस्तै इंग्ल्याण्ड, नर्वे, स्वीडेन र डेनमार्कले पनि रसिया सहभागी हुने प्रतियोगिता आफूहरुले नखेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह