२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कटुवालेको काम अब माइकबाट

१९ आश्विन २०७३, बुधबार ०३:४४

असोज १९, रामपुर (पाल्पा) । पहिले गाउँमा हुने घटना, विभिन्न कार्यक्रम तथा गतिबिधिबारे जानकारी दिने कटुवालेको काम अब माइकबाट हुन थालेको छ । कटुवालले सबैले सुन्ने गरी गाउँभरि डाँको हालेर मान्छे बोलाई दिएपछि गाउँका मान्छे सबै समयमा नै जम्मा हुने प्रथा थियो । 

सो गरेबापत कटुवालेलाई वर्षभरिको खेतीबाट गाउँलेले अन्नपात दिने गर्दथे । तर अहिले त्यो प्रथा हराइसकेको छ । त्यसैलाई सम्झाउने गरी पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा सूचना सम्प्रेषण गर्न माइक प्रयोग हुने गरेको छ । कुनै बैठक बस्न होस्, नयाँ कुराको जानकारी दिन वा कुनै कार्यक्रम आयोजना गरिँदा त्यस क्षेत्रका जनताले एकैसाथ माइकिङबाट जानकारी पाइरहेका छन् । 

गुल्मी जिल्ला समाज, युकेको रु पाँच लाखको सहयोगका गत माघ महिनादेखि सेवा सुरु गरिएको समाजका सदस्य तारा सुवेदीले जानकारी दिनुभयो । धार्मिक पर्यटनमा टेवा पुर्याउन र सूचनाबाट नागरिक वञ्चित हुन नपरोस् भनेर यस्तो पहल गरी सुरु गरिएको उहाँले बताउनुभयो । 

गुल्मी उद्योग वाणिज्य सङ्घको शाखा कार्यालयभित्र स्टुडियो कक्ष रहेको छ । केही नयाँ कार्यक्रम वा सूचना हुनासाथ स्टुडियोबाट जानकारी गराइन्छ । जुन १० स्थानमा रहेका २० माइकबाट एकसाथ बज्छ । 

स्याङ्जाको चण्डीभञ्ज्याङ, पाल्पाको अर्गली र गुल्मीको रुरुमा सन्देश एकसाथ प्रसारित हुन्छ । माइकिङको प्रभावले आजभोलि स्थानीयवासीले रेडियो कम सुन्न थालेको रिडी बजार व्यवस्थापन समितिका सचिव सुन्दर कसजुले बताउनुभयो । 

हरेक दिन बिहान र साँझ राष्ट्रिय सञ्चारमाध्यम रेडियोका समाचारसमेत प्रसारित हुँदै आएको छ । परिस्थितिअनुसार आपत्कालीन सूचनादेखि सामाजिक कामका सूचना र स्थानीयस्तरमा भएका कार्यक्रम रेडियोमा आउनुपूर्व नै प्रसारित हुने गरेको कसजुले बताउनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने