असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गर"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दशैलाई लक्षित गरी पशु कार्यालयको अनुगमन आधा दर्जनलाई कारवाही

२०७३, १९ आश्विन बुधबार ०४:३५

असोज १९ पर्वत । जिल्ला पशु सेवा कार्यालय पर्वतले दशैलाई लक्षित गरी मासु पसलको अनुगमन गरेको छ ।
    कुश्मा बजार, पातिचौर र डिमुवामा गरिएको मासु पसलको अनुगमनमा  समान्य मापदण्ड     पुरा नगरेका आधा दर्जन भन्दा बढी मासुपसललाई कारवाही गरिएको पशु सेवा कार्यालय पर्वतले जनाएको छ । डिमुवापातिचौर भेगमा मात्रै ६ वटा मासु पसलाई कारवाही गरिएको पशु चिकित्सक डा. विकास श्रेष्ठले जानकारी दिए । गत साउन ३१ गते  मासु पसल सुधारका लागि दिएको मापदण्ड     पुरा नगरी संचालन गरेको भन्दै उक्त पसलहरुबाट ढक, तराजु, अचानो, दाउ लगायतका समाग्रीहरु नियन्त्रणमा लिएको श्रेष्ठले बताए । कुश्मा बजारमा    रहेका बाबुराम फ्रेस हाउस, न्यू सिटी फ्रेस हाउस, सोल्टी कृषि फर्ममा न्यूनतम मापदण्ड पुरा    नगरेको पाइएपछि ढक, तराजु लगायतका अन्य समाग्री नियन्त्रणमा लिएको उनको तर्क छ । कुश्मा रहेको न्यू सिटि फ्रेस हाउस  दर्ता नगरी संचालनमा रहेको समेत उनले बताए । मासु पसललमा सिसाको झ्याल, डि–फ्रिज तथा अन्य आवश्यक पर्ने समाग्री हरु राख्नको लागि अनुगमनमा      जानकारी गराइएको उनले बताए्र ।
    दशैमा मासुको प्रयोग बढी हुने भएकोले डा. श्रेष्ठले मासुको प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले मासु पसलबाट खरिद गर्दा डि–फ्रिजमा रोखको छ वा छैनन्, गन्ध आएको छ वा छैनन्, मासुमा रौं वा भुत्ला छ वा छैन, छाला, मासुहण्डी र भित्रि अङ्गहरु छुट्टाइएको छ वा छैन त्यसको     जानकारी लिएर मात्रै मासु खरिद गर्नको लागि उनको सुझाव छ ।
    श्रेष्ठले दशैको बेलामा मासुको प्रयोग बढि हुने भएकोले मासु पकाउँदा समेत राम्रो सँग ध्यान दिनुपर्ने, पसलेले एप्रोन लगाएको वा पसलेले स्वयम स्वस्थ छ वा छैन त्यसको बारेमा जानकारी लिन उनले सुझाब दिएका छन् । पसलेको हातमा घाउखटिरा वा अन्य कुनै रोग लागेको भए त्यस्तो पसलेले विक्रि  गरेको मासु खान नहुने बताए । दशैको लागि लक्षित गरी बजारमा आएका खसि छनोट गर्दा समेत उनले ध्यान दिन आग्रह गरेका छन् । खसी रोज्दा खसी झोक्राएको वा नाक, मुख, आँखा वा अन्य शरिरका अंगबाट विप वा सिगान आएको वा पातलो दिशा गरेको खसी खानाको लागि योग्य नभएको बताए । उनले खसीको छनोटमा समेत समान्य कुरामा ध्यान दिन सकेमा मात्रै पनि स्वस्थकर खसिको छनोट हुने तर त्यसलाई खानको लागि तयार पार्दा समेत ध्यान दिनुपर्ने उनको तर्क    छ । यसैविच प्रहरीले ७६ केजी मासु नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन