२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आगामी नोभेम्बरमा बाइडेन र सि जिनपिङबीच भेट गराउने ह्वाइट हाउसको योजना

२० आश्विन २०८०, शनिबार ०६:४२

असोज २०, एजेन्सी | ह्वाइट हाउसले आगामी नोभेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेट गराउने योजना बनाइरहेको वासिङ्टन पोस्टले जनाएको छ ।

ह्वाइट हाउस प्रशासनका एक उच्च अधिकारीका अनुसार दुई मुलुकबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको हो ।  

“बैठक पक्का हुनेछ”, भेटबारे औपचारिक घोषणा भइनसकेको भन्दै आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, “भेट गराउने योजनाको हामी प्रारम्भिक प्रक्रियामा छौँ ।”

ह्वाइट हाउसका अर्का अधिकारीले बाइडेन चिनियाँ राष्ट्रपति जिनपिङसँग भेट्न उत्सुक हुनुभएको तर त्यसबारेमा अहिलेसम्म केही पुष्टि भइनसकेको बताएको उक्त अखबारले उल्लेख गरेको छ । 

ती अधिकारीले आगामी साताहरूमा चिनियाँ विदेशमन्त्री वाङ यीले वासिङ्टनको भ्रमण गरेपछि दुई राष्ट्रपतिबीचको भेटको योजनाबारे स्पष्ट हुने जानकारी दिए । 

“चीन र अमेरिकाबीच द्विपक्षीय संलग्नता र आदानप्रदानका बारेमा कुराकानी भइरहेको छ”, वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पङ्ग्युले भने, “दुवै पक्षलाई अवरोधहरू हटाउन, ठोस कार्यद्वारा मतभेदहरूको व्यवस्थापन गर्न तथा असल विश्वासका साथ संवादलाई बढाउन र सहयोग अभिवृद्धि गर्न एउटै दिशामा काम गर्न आवश्यक छ ।”

वासिङ्टन पोस्टका अनुसार गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा दुई ठूला अर्थतन्त्रका प्रमुखहरूबीचको भेटपछि आगामी नोभेम्बरमा पहिलो व्यक्तिगत भेट हुनेछ ।     

उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्वमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता