१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी दोस्रो स्थानमा, स्वास्थ्यकर्मी सम्मानित

१९ आश्विन २०७३, बुधबार ०६:०९

असोज १९, बैतडी । क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीको मूल्याङ्कनमा बैतडीले दोस्रो स्थान ओगट्न सफल भएको छ । 

गत वर्ष जस्तै अछाम यो वर्ष पनि पहिलो स्थानमा आएको छ । स्वास्थ्य मन्त्रालयले तय गरेका विभिन्न ३५ ओटा सूचकका आधारमा जिल्लाको मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकृत बन्दना भट्टले जानकारी दिनुभयो । 

कैलालीको धनगढीमा सञ्चालित क्षेत्रीय समीक्षा गोष्ठीमा जिल्लाले गत आर्थिक वर्षमा सम्पादन गरेको कार्यका आधारमा मूल्याङ्कन गरिएको उहाँले बताउनुभयो । निर्देशनालयको मूल्याङ्कनअनुसार अछाम ९२।३७ प्रतिशत अङ्कसहित प्रथम, ९०।४१ अङ्कसहित बैतडी दोस्रो र ८९।०३ अङ्कसहित बझाङ तेस्रो स्थान ओगट्न सफल भएका छन् । 

सुदूरपश्चिममा डोटी चौथो स्थानमा आएको छ भने बाजुरा पाँचौँ स्थानमा रहेको छ । यस्तै, डडेल्धुरा छैटौँ, कञ्चनपुर सातौँ र दार्चुला नवौँ स्थानमा पुगेको छ । यो क्षेत्रको अन्य विकासको तुलनामा अगाडि रहे पनि कैलाली स्वास्थ्य सूचकाङ्कमा भने पुछारमा रहेको छ । 

मन्त्रालयले तय गरेका ३५ ओटा सूचकअन्तर्गत कार्यक्रमको प्रगति विवरण, कार्य सम्पादन, आर्थिक पारदर्शिता, बेरुजु फछ्र्यौट, महिला स्वास्थ्य स्वयम्सेविकाको परिचालन लगायतका आधारमा मूल्याङ्कन गरिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयको क्षय कुष्ठ अधिकृत मनोज ओझाले जानकारी दिनुभयो । 

अङ्कको हिसाबले बैतडीले विगतको भन्दा निकै प्रगति गरेको पाइएको छ । आव २०६८÷६९ मा सुदूरपश्चिम क्षेत्रको पुछारमा रहेको बैतडीको विगत दुई वर्षयता दोस्रो स्थानमा रहँदै आएको छ भने राष्ट्रियस्तरमा चौथो नम्बरमा पर्न सफल भएको छ । 

आगामी दिनमा बैतडीलाई स्वास्थ्यको नमुना जिल्ला बनाउने र पहिलो नम्बरमा ल्याउनका लागि आफूहरुले सामूहिक कार्य गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । 

अङ्कका हिसाबले हामी धेरै अगाडि पुगिसकेका छौँ उहाँले भन्नुभयो, “अछामको प्रगतिबाट पनि केही सिकाइ भएको र आगामी दिनमा प्रथम स्थानका लागि हामी प्रयास गर्नेछौँ ।” 

उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित 

लामो समयदेखि जनस्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ६ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरिएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत उनीहरुलाई मंगलबार सम्मानित गरेको हो । 

सम्मानित हुनेमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्ट, जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका खोप अधिकृत भोजराज भट्ट, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्ट, जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका पब्लिक हेल्थ नर्स पशुपति सिंह, जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरीक्षक रमेश मलासी र जिल्ला स्वास्थ्य कार्यालय बझाङका जनस्वास्थ्य निरीक्षक गङ्गाप्रसाद जोशी रहनुभएको छ । 

सम्मानित स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्री गगनकुमार थापाले दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो । 

सम्मानित भएपछि रासससँग कुराकानी गर्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीका खोप अधिकृत वीरेन्द्र भट्टले आफूहरुलाई अझै काम गर्ने हौसला मिलेको बताउनुभयो । पूर्ण खोप अभियानका साथसाथै स्वास्थ्यका अन्य अभियान पनि सम्पन्न भएका र बैतडीमा पूर्ण संस्थागत सुत्केरी अभियानका लागि आफूहरु लागिपर्ने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल