2026-09-07 12:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

सम्पर्कमा आइन् इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत, उद्दारपछि मुम्बई लगिंदै

एजेन्सी | हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । 

हमासको आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् । गएको शनिबार दिउँसो साढे १२ बजे नुसरतले अन्तिम पटक परिवारसँग कुरा गरेकी थिइन् । यसपछि उनलाई लिएर नयाँ खबर थिएन । पारिवारिक स्रोतका अनुसार नुसरत यतिबेला भने सम्पर्कमा आएकी छन् ।

आइतबार दिउँसो २ बजे उद्धार उडानमार्फत उनलाई मुम्बई लैजाने जनाइएको छ । नुसरतले आफू बेसमेन्टमा लुकेको बताएकी छन् ।

नुसरतको टोलीका एक सदस्यले विज्ञप्ति जारी गर्दै नुसरत इजरायलमा फसेको जनाएका थिए । हाइफा फिल्म फेस्टिभलमा सहभागी हुन नौ दिनअघि उनी भारतबाट इजरायल गएकी थिइन् । टोलीले उनीसँग शनिबार दिउँसो साढे १२ बजे अन्तिम पटक कुराकानी गरेको थियो । कुराकानीका क्रममा नुसरतले आफू बेसमेन्टमा लुकेर सुरक्षित रहेको बताएकी थिइन् ।

हिजोदेखि सम्पर्कका लागि प्रयास भइरहेको तर सम्पर्क हुन नसकेको टोलीले जनाएको थियो । उनको टोलीले नुसरतलाई सकुशल भारत फर्काउन हरसम्भव प्रयास गरिरहेको छ । सबैले नुसरत सकुशल फर्किआओस् भनेर प्रार्थना गरिरहेका थिए ।

यो घटनामा सात नेपाली घाइते भएको र अन्य केही पनि प्रभावित भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नुसरत पछिल्लो पटक फिल्म ‘अकेली’ मा देखिएकी थिइन् । फिल्मले इराक युद्धमा फसेकी एक भारतीय युवतीको कथालाई चित्रण गरेको छ । यो केटी सन् २०१४ मा इराकमा चलिरहेको गृहयुद्धमा फसेकी छिन् र त्यहाँबाट भाग्न र आफ्नो जीवन बचाउन हर सम्भव प्रयास गर्छिन् । नुसरतले भारतीय युवतीको भूमिका निर्वाह गरेकी छन् । फिल्मको कथामा जस्तै उनी अहिले वास्तविक जीवनमा उनी इजरायल र प्यालेस्टाइनबीचको युद्धमा फसेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह