२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ कालिकामा भक्तजनको घुइँचो

१९ आश्विन २०७३, बुधबार ०६:५३

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । 

मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ भक्तजनले भगवतीको दर्शन र पुजाअर्चनाका लागि मन्दिरमा आउने गर्छन् । 

समितिका अध्यक्ष राजु खड्काले हिजोआज दैनिक करिब २५ हजार भक्तजनले मन्दिरमा पूजाअर्चना गर्ने गरेका छन् । घटस्थापनासँगै सुरु भएको दसैँको चौथो दिनसम्ममा भक्तजनले चढाएको भेटीबाट रु चार लाख ९० हजार सङ्कलन भइसकेको छ । देशकै पवित्र धार्मिकस्थलको रुपमा परिचित यस मन्दिरमा बडादसैँ र चेतैदसैँको बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । 

बडादसैँलाई लक्षित गरी पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि विशेष व्यवस्थापन गरिएको छ अध्यक्ष खड्काले भन्नुभयो –मन्दिरको सुरक्षार्थ तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित स्वयम्सेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । “पूजाअर्चना कार्यलाई सहज बनाउन आवश्यक सबै उपाय अपनाइएको छ” अध्यक्ष खड्काले भन्नुभयो “दसैँको बेला मन्दिरका तीनवटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ ।” 

सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिइएको उहाँको भनाइ छ । पाँचसय वर्ष पुरानो यो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायतका देवीको पूजा आराधना गर्ने गरिन्छ । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी यहाँ आउन थालेका छन् । राजधानी काठमाडौँ, पोखरालगायत विभिन्न ठाउँबाट भगवतीको दर्शनका मन्दिरमा भक्तजन आउने गरेका छन् ।

दसैँ सुरु भएको दिनदेखि नै बिहान ३ बजेदेखि भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । कालिका भगवती मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने तथा मनाकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । “बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” बागलुङका संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भन्नुभयो “दसैँको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन बढ्दै गएको उहाँको बुझाइ छ । 

दसैँमा महाअष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोको समेत बलि दिने प्रचलन छ । गत वैशाखदेखि परेवा बलिमा भने रोक लगाइएको छ । कालिका भगवती मन्दिरको समग्र विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य