2026-07-24 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इजरायलबाट नेपाल फर्कन २ सय आवेदन, दुई विमान तयारी अवस्थामा

असोज २३, काठमाडौँ | परराष्ट्रमन्त्री नारायण प्रसाद साउदले इजरायलबाट स्वदेश फर्किनका लागि २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा  इजरायलमा रहेका नेपालीहरूको बारेमा जानकारी गराउँदै उनले स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए । 

मन्त्री साउदले इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनकाे हमास समूहबाट आक्रमण भएको जानकारी दिँदै अहिले त्यहाँ  युद्धको अवस्था रहेको बताए । उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकाेमा दक्षिणी क्षेत्रमा हमासकाे आक्रमणमा १० जनाकाे निधन भएको जानकारी गराए । 

४ जनाकाे उपचार भइरहेकाे र एकजनाकाे अवस्था पहिचान नभएको उनको भनाइ छ । यस्तै ५५ जना विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको बताउँदै उनले उत्तरी क्षेत्रमा रहेका हरूलाई बंकरमा राख्ने व्यवस्था गरिएको जानकारी गराए । त्यहाँ रहेका नेपालीको सुरक्षा,उद्धारका लागि इजरायल सरकारसँग समन्वय गरेको र दूतावासलाई सक्रिय बनाइएको बताए ।  मन्त्री साउदले परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकेर स्वदेश फर्कन चाहनेको विवरण संकलन गरेको बताए । 

नेपालस्थित इजरायलका राजदूतसँग छलफल गरी मृतकको शव छिटो ल्याउनका लागि सहजीकरणको लागि आग्रह गरेको पनि  साउदले जानकारी गराए । राजदूतले तेल अबिबकाे विमानस्थल सञ्चालन भइरहेकोले उद्धारका लागि सहज अवस्था रहेको जानकारी गराए समितिमा बताए । राजदूतले परिस्थिति इजरायल सर कारको नियन्त्रणमा आइसकेको र स्वदेश फर्कन चाहनेका लागि समन्वय गर्ने बत्ताएको परराष्ट्रमन्त्रीले जानकारी गराए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक