२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा मापदण्ड विपरीत ल्याब सञ्चालनमा

१९ आश्विन २०७३, बुधबार ०९:११

असोज १९, रुपन्देही । यस क्षेत्रका मेडिकल ल्याब मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । कतिपय ल्याब जिल्ला जनस्वास्थ्य कार्यलयमा दर्ता समेत भएका छैन् । 

सरकारी मापदण्ड बमोजिम प्रत्येक प्रयोगशाला कोठा प्रर्याप्त प्रकाशसहितको भेन्टिलेटर, विद्युत् र पानीको व्यवस्था हुनुपर्ने । रगत तान्ने कोठा तथा शौचालय सफा हुनुपर्ने ल्याब टेक्निसियन अनिर्वाय हुनुपर्ने प्रावधान छ । 

तर यहाँ सञ्चालनमा रहेका अधिकांश ल्याबमा यी पूर्वाधार नभएको र १८ महिनाको तालिम लिएका सहायक ल्याब टेक्निसियनले ल्याब चलाएको भेटिन्छ । सरकारले २०७० सालमा जारी गरेको यो मापदण्ड अहिलेसम्म पनि कार्यान्वयनमा चासो नदिएको पाइएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाइँ भन्नुहुन्छ –“मापदण्डलाई लागू गर्ने प्रयोगशालाको सङ्ख्या निकै न्यून छ । हामीले मापदण्ड लागू गराउनका लागि पहल गरिहेका छौंँ । ” 

मेडिकल ल्याबोरेटरी एसोसियन अफ नेपाल ९मेलान ०का जिल्ला अध्यक्ष गुणनिधि खनालका अनुसार जिल्ला कम्तीमा १५० ल्याब सञ्चालनमा छन् । ती ल्याब वर्षौदेखि सञ्चालन आए पनि सरकारको स्पष्ट नीति थिएन तर पछि आएको नीतिलाई कार्यन्यन गर्नेतर्फ ध्यान दिएको पाइदैन । 

विसं।२०७०मा सरकारले जारी गरेको नीतिबमोजिम जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुगमन तथा दर्ताको विषयमा अधिकार प्रदान गरेको थियो । त्यसभन्दा पहिले पोखरास्थित क्षेत्रीय स्वास्थ्य कार्यालयमा दर्ता गर्नुपर्ने थियो । 

क्षेत्रीय कार्यालयमा दर्ता भएकाको पनि जिल्लाबाट खटिएको टोलीले निरीक्षण गरेर नवीकरण गर्ने व्यवस्था रहेको जनस्वास्थ्य निरीक्षक मोति पौडयालको भनाइ छ । 

मेलान केन्द्रीय सदस्य रमेश पाण्डेले पछिल्लो निर्देशिका कडा र सबै ठाउँमा एउटा नियम लागू गर्दा समस्या देखिएकाले सुधारका लागि केही ढिलाइ भएको बताउनुभयो । 

उहाँले आफूहरु देशभरमा ल्याबको सुधार गरेर काम गर्ने अभियानमा लागेको भन्दै केही अस्पष्ट विषय थप सुधार गरेर पेसाबाट केही पनि प्राविधिक बाहिर नहुने गरी काम गर्नको लागि स्वास्थ्य मन्त्रीलाई स्मरण पत्रसमेत बुझाएको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ