2026-09-19 09:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चाडपर्व लाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागूः उपरीक्षक राजेन्द्र चौधरी

रबिन्द्र यादव/ असोज १९ नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो । नवलपरासीको सम्पुर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा प्रयाप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एस पी चौधरीले जानकारी दिनु भएको छ ।

नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको बुझिएको छ । चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झै झगडा लगायतका घटनाहरु हुन न दिन जिल्ला भरिका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उहाले बताउनु भएको छ । एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ ।

चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवा तास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताउनु भएको छ । उहाले जिल्लाको कुनै पनि ठाउमा कुनै केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना घटन न दिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गर्नु भएको छ । एस पी चौधरीको शान्ति सुरक्षा योजनालाई चौतर्फी प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई