८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चाडपर्व लाई लक्षित गर्दै नवलपरासीमा विशेष सुरक्षा योजना लागूः उपरीक्षक राजेन्द्र चौधरी

१९ आश्विन २०७३, बुधबार ०९:३६

रबिन्द्र यादव/ असोज १९ नवलपरासी । चाडपर्वलाई लक्षित गर्दै नवलपरासी प्रहरीले विशेष सुरक्षा सतकर्ता योजना लागू गरेको छ । बडा दशै, दिपावली, छठ र मोहर्रम पर्वको समयमा बढी अपराधिक कृयाकलापहरु हुने भएकोले त्यसको रोकथामका लागि जिल्ला भरिमा यस्तो योजना लागू गरिएको हो । नवलपरासीको सम्पुर्ण बजार क्षेत्र गाउटोल, जंगल क्षेत्र, नेपाल भारत नाकाहरुमा प्रयाप्त संख्यामा प्रहरी परिचालन गरेर विशेष सुरक्षा बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चौधरीले बताउनु भएको छ । ती क्षेत्रहरुमा प्रहरीहरुले रात्रिकालिन गस्ती समेत दिइरहेको एस पी चौधरीले जानकारी दिनु भएको छ ।


नवलपरासीमा चाडपर्व लक्षित गर्दै रातिको बेलामा चोरीको घटना बढदै गइरहेको गुनासो बढेपछि रात्रिकालिन प्रहरी गस्ती बढाइएको बुझिएको छ । चाडपर्वमा हुने चोरी डकैती लुटपाट र झै झगडा लगायतका घटनाहरु हुन न दिन जिल्ला भरिका सबै प्रहरी चोकी, इलाका र बिट युनिटलाई सतकर्ताका साथ काम गर्न निर्देशन दिइसकेको उहाले बताउनु भएको छ । एस पी चौधरीका अनुसार जिल्लाको सदरमुकाम परासी, सुनवल, भुमही, बर्दघाट, दुम्किबास, अरुणखोला, चोरमारा, डंडा, कावासोती, गैडाकोट, त्रिबेणी बजार, झुलनिपुर, भुजहवा, महेशपुर, विसुनपुरा लगायत मुख्य बजार र सिमावर्ती नाकाहरुमा चेकजाँच बढाइएको छ ।


चाडपर्वमा नवलपरासीमा मदिरा विक्री वितरण बढी मात्रामा हुने गरेकोले मदिरा र जुवा तास पनि नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको चौधरीले बताउनु भएको छ । उहाले जिल्लाको कुनै पनि ठाउमा कुनै केही किसिमको अपराधिक तथा समाजिक शान्ति सुरक्षा भंग हुने खालको घटना घटन न दिन तथा त्यस्ता घटना हुन सक्ने शंका लागेमा तुरुन्त प्रहरीलाई वा ९८५७०६५५५५ मा सम्पर्क गराउन सबैलाई आग्रह गर्नु भएको छ । एस पी चौधरीको शान्ति सुरक्षा योजनालाई चौतर्फी प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू