2026-09-07 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायली प्रधानमन्त्री बेन्जामिनको चेतावनी- युद्ध हमासले सुरु गर्‍यो यसको समाप्ती हामी गर्नेछौँ

असोज २६, काठमाडौँ | इजरायल-प्यालेस्टाइन युद्ध सेलाउनको सट्टा झनै चर्किएको छ । शनिबार बिहान हमासले इजरायलमा गरेको आक्रमक हमलामा परी हालसम्म २ हजार ३०० इजरायली घाइते भएका छन् भने ७ सयभन्दा बढीको मृत्यु भएको छ । युद्ध सेलाउनको सट्टा झनझन चर्किएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई चेतावनी दिएका छन् ।

‘इजरायल अहिले युद्धमा छ । हामीले यो युद्ध चाहेका थिएनौं । यो हामीमाथि क्रूर तरिकामा जबरजस्ती आक्रमण गरिएको थियो । इजरायलले यो युद्ध सुरु नगरे पनि, यसलाई समाप्त भने अवश्य गर्नेछ,’बेन्जामिनले राष्ट्रलाई सम्बोधन गर्दै भने ।

हमासलाई सम्बोधन गर्दै प्रधानमन्त्री बेन्जामिनले थपे, ‘कुनै समय यहूदी जनता राज्यविहीन थिए, रक्षाहीन थिए । अहिले हमासले हामीमाथि आक्रमण गरेर ऐतिहासिक गल्ती गरेको छ । हामी यसको मूल्य यसरी चुकाउनेछौ की जसलाई हमासले मात्र हैन, इजरायलका अन्य शत्रुहरूले पनि दशकौंसम्म सम्झनेछन् ।’

‘निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको आक्रमणहरू मनै हल्लाउने खालका छन् । परिवारहरूलाई उनीहरूको घरमै मार्ने, बाहिरी उत्सवमा सयौं युवाहरूको हत्या गर्ने र कैयौँ महिला, बालबालिका र वृद्धहरूको अपहरण गर्ने काम कदापि माफीदायी छैन’, उनले बन्धक बनाइएकाहरूको अवस्थालाई पनि हाइलाइट गर्दै भने, ‘हमासका आतंककारीहरूले बालबच्चाहरूलाई समेत जलाएर मारिदिए । हमास आइसिस हो ।’

हमासलाई आइसिसको रूपमा चिनाउँदै उनले ‘सिभिलाइजेसन फोर्स’हरुलाई हमास विरुद्ध एकजुट हुन र पराजित गर्न आह्वान गरेका छन् ।

उनले भाषणमा अमेरिकी राष्ट्रपति जोई बिडेनसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै बाइडेन र अन्य विश्वका नेताहरूलाई इजरायलको समर्थनको लागि धन्यवाद समेत दिए ।

‘इजरायल इजरायली जनताको लागी मात्र हमाससँग लडिरहेको छैन। इजरायल बार्बरिजम(संस्कृति र सभ्यताको अभाव महसुस गर्नु) विरुद्ध खडा हुने हरेक देशको लागि लडिरहेको छ । इजरायलले यो युद्ध जित्नेछ। जब इजरायलले जित्छ, सम्पूर्ण सभ्य संसारले जित्नेछ,’नेतान्याहुले आफ्नो भाषणको समापनमा भने ।

सीएनएनका अनुसार हमासले बन्धकहरूलाई चेतावनी बिना नै मृत्युदण्ड दिइने र इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा हत्या प्रसारण हुने बताएको छ भने हमासले इजरायली सेनाका अधिकारीहरूसहित १०० भन्दा बढी बन्धकहरूलाई बन्धी बनाएकोसमेत दाबी गरेको छ ।

त्यस्तै, टाइम्स अफ इजरायलले रिपोर्ट गरे अनुसार इजरायलले हमासविरुद्ध बदला लिन तीन लाख सेना परिचालन गरेको छ । यो सन १९७३ मा ‘योम किप्पुर युद्ध’ पछि कै सबैभन्दा ठूलो परिचालन हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’