२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

इजरायलद्वारा २३ सय श्रमिकको माग: कृषि कामदारले १ हजार डलर जम्मा गर्नुपर्ने कुरा आएपछि…

२०८०, २८ आश्विन आईतवार १२:१०

असोज २८, काठमाडौँ |  इजरायलमा नेपाली श्रमिकहरू ‘जी टु जी’ अन्तर्गतमात्र जाने गरेका छन् । हाल ४ हजार ५०० को हाराहारीमा नेपाली श्रमिक इजरायलमा कार्यरत छन् । 

इजरायलले थप १ हजार ३०० केयरगिभर र कृषि क्षेत्रमा  १ हजार गरि २३ सय जना नेपाली श्रमिकको माग गरेको थियो । पछिल्लो समय नेपालबाट इजरायल रोजगारमा ११ सय नेपाली केयरगिभर पदमा रोजगारमा गईसकेका छन् । 

१ हजार ३०० केयरगिभर श्रमिक पठाउने प्रक्रिया इजरायल र प्यालेस्टाइनबिचको तनाव मत्थर हुनेबित्तिकै सुरू गर्ने सरकारको तयारी छ । इजरायल र प्यालेस्टाइनबिच तनावका श्रमिकको लागि आवेदन प्रक्रिया अहिले अनिश्चित बनेको छ ।

इजरायलले केयरगिभरसँगै १ हजार जना कृषि कामदारको समेत माग गरेको थियो ।  तर, कृषि कामदारले १ हजार अमेरिकी डलर डिपोजिट गर्नुपर्ने प्रावधानका कारण मन्त्रालयले यसलाई तत्कालका लागि पेण्डिङमा राखेको छ । 

नेपाल सरकारले शून्य लागतमा कामदार इजरायल पठाउने भन्दै आएको छ । तर, इजरायलको तर्फबाट १ हजार डलर डिपोजिट गर्ने कुरा आएपछि सरकार हच्किएको हो ।


प्रति कामदार एक हजार डलर पैसा जम्मा गर्नुपर्ने प्रस्ताव आएपछि यो विषयमा तत्काल कुनै जवाफ नदिइएको सहसचिव राजीव पोखरेलको भनाइ छ । ‘कृषिका लागि जाने कामदार सधैँ एउटै फार्ममा काम गर्दैनन् । एउटा फार्ममा केही समय काम गरेपछि त्यहाँ काम सकियो भने अर्को फार्ममा जानुपर्ने हुन्छ । एउटा फार्मबाट अर्को फार्ममा सिफ्ट गर्दा केही दिन काम नपाउने अवस्था हुन्छ वा काम खोजिदिनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि काम खोजिदिने एजेन्सी हुन्छन् । जसले ती मान्छेहरूलाई अर्को ठाउँमा सिफ्ट गर्ने वा काम खोजिदिने गर्दा उनीहरूको खर्चको लागि एक हजार डलर माग डिपोजिट गर्नुपर्ने भन्नुभयो ।’

कृषि कामदारको डिमाण्ड छोड्नु हुन्न भन्ने पक्षमा सरकार रहेको तर, त्यो एक हजार डलर डिपोजिटको कुरालाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल गरेर मात्रै निर्णयमा पुगिने सहसचिव पोखरेलको भनाइ छ ।

 इजरायल जाने श्रमिकले कम्तीमा १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, र सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्याबाट केयर गिभरसम्बन्धी कम्तीमा तीन महिनाको तालिमसमेत लिएको हुनुपर्ने मापदण्ड छ। त्यस्तै अनमी वा सिएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको छ भने १० कक्षा उत्तीर्ण गरेको भए पनि हुन्छ । केयर गिभरमा अज्ञानको लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको हुनुपर्ने मापदण्ड छ। 

अहिले इजरायल र गाजाबिच द्वन्द्व चर्किरहेको छ । नेपालबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत विभिन्न विश्वविद्यालयबाट २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूले विभिन्न कृषि फार्ममा ११ महिने इन्टर्नसीप गर्दै आएका थिए । त्यही क्रममा ७ अक्टोबरमा बिहानै प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग