२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

हरेक वर्ष एप्पलले किन ल्याउँछ आईफोन ?

२९ आश्विन २०८०, सोमबार ११:४५

असोज २९, काठमाडौँ | एप्पलले हरेक वर्ष विभिन्न उपकरण बजारमा ल्याउँछ । तर चर्चा आईफोनकै बढी हुने गर्छ । विश्वभर आईफोनका लाखौं प्रयोगकर्ता छन् । अनि आईफोन चाहनेहरू पनि उत्तिकै छन् । यसैकारण हरेक वर्ष आईफोन सिरिज सार्वजनिक हुँदा स्मार्टफोन उद्योगमै हलचल आउँछ ।

यसैबीच एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले प्रत्येक वर्ष बजारमा नयाँ आईफोन ल्याउनुको कारण खुलाएका छन् । सञ्चारमाध्यम ब्रुटलाई एक अन्तर्वाता दिँदै सीईओ कुकले ग्राहकले चाहेर नै वर्षेनि आईफोन ल्याउने गरेकाे बताए ।


सीईओ कुकले त्यसरी प्रत्येक वर्ष आईफोन आउनु राम्रो भएको प्रतिक्रिया समेत दिएका छन् । “मलाई लाग्छ, प्रत्येक वर्ष आईफोन चाहनेका लागि यो राम्रो कुरा हो,” उनले भने ।

त्यस्तै उनले पुरानो आईफोन र नयाँ आईफोन साट्न मिल्ने एप्पलको नीति भएको पनि उल्लेख गरेका छन् । साथै उनले कम्पनीले लिने पुराना फोनलाई के हुन्छ भन्नेबारे पनि सविस्तार गरेका छन् । उनका अुनसार त्यसरी साटिएका फोनहरू काम लाग्ने छन् भने एप्पलले तिनलाई पुन: बिक्री गर्ने गर्छ । यदि काम गर्दैनन् भने त्यसबाट आवश्यक सामग्री झिकी नयाँ आईफोन बनाउन प्रयोग गर्छ ।

हरेक वर्ष नयाँ आईफोनका लागि धेरै ग्राहकले प्रतीक्षा गर्ने गर्छन् । नयाँ फोन ल्याउँदा कम्पनीले केही नयाँ फिचर पस्कने गरेकाे छ । यसपटक सेप्टेम्बर १२ मा एक कार्यक्रम गर्दै कम्पनीले आईफोन १५ सिरिज सार्वजनिक गरेको थियो । जुन नेपालमा पनि औपचारिक रूपमा भित्रिसकेको छ ।

यूएसबी टाइप सी, ए१६ चिप, एक्सन बटन आदिका कारण आईफोन १५ चर्चामा छ । तर फोन चाँडै तातिने, सजिलै फुट्न सक्ने ग्लास आदि समस्या भएको प्रयोगकर्ताले गुनासाे गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य