2026-09-18 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

हरेक वर्ष एप्पलले किन ल्याउँछ आईफोन ?

असोज २९, काठमाडौँ | एप्पलले हरेक वर्ष विभिन्न उपकरण बजारमा ल्याउँछ । तर चर्चा आईफोनकै बढी हुने गर्छ । विश्वभर आईफोनका लाखौं प्रयोगकर्ता छन् । अनि आईफोन चाहनेहरू पनि उत्तिकै छन् । यसैकारण हरेक वर्ष आईफोन सिरिज सार्वजनिक हुँदा स्मार्टफोन उद्योगमै हलचल आउँछ ।

यसैबीच एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले प्रत्येक वर्ष बजारमा नयाँ आईफोन ल्याउनुको कारण खुलाएका छन् । सञ्चारमाध्यम ब्रुटलाई एक अन्तर्वाता दिँदै सीईओ कुकले ग्राहकले चाहेर नै वर्षेनि आईफोन ल्याउने गरेकाे बताए ।

सीईओ कुकले त्यसरी प्रत्येक वर्ष आईफोन आउनु राम्रो भएको प्रतिक्रिया समेत दिएका छन् । “मलाई लाग्छ, प्रत्येक वर्ष आईफोन चाहनेका लागि यो राम्रो कुरा हो,” उनले भने ।

त्यस्तै उनले पुरानो आईफोन र नयाँ आईफोन साट्न मिल्ने एप्पलको नीति भएको पनि उल्लेख गरेका छन् । साथै उनले कम्पनीले लिने पुराना फोनलाई के हुन्छ भन्नेबारे पनि सविस्तार गरेका छन् । उनका अुनसार त्यसरी साटिएका फोनहरू काम लाग्ने छन् भने एप्पलले तिनलाई पुन: बिक्री गर्ने गर्छ । यदि काम गर्दैनन् भने त्यसबाट आवश्यक सामग्री झिकी नयाँ आईफोन बनाउन प्रयोग गर्छ ।

हरेक वर्ष नयाँ आईफोनका लागि धेरै ग्राहकले प्रतीक्षा गर्ने गर्छन् । नयाँ फोन ल्याउँदा कम्पनीले केही नयाँ फिचर पस्कने गरेकाे छ । यसपटक सेप्टेम्बर १२ मा एक कार्यक्रम गर्दै कम्पनीले आईफोन १५ सिरिज सार्वजनिक गरेको थियो । जुन नेपालमा पनि औपचारिक रूपमा भित्रिसकेको छ ।

यूएसबी टाइप सी, ए१६ चिप, एक्सन बटन आदिका कारण आईफोन १५ चर्चामा छ । तर फोन चाँडै तातिने, सजिलै फुट्न सक्ने ग्लास आदि समस्या भएको प्रयोगकर्ताले गुनासाे गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई