2026-09-07 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा चुनावी प्रचारका दौरान सांसदमाथि चक्कु प्रहार

एजेन्सी | तेलंगानाको सत्तारुढ पार्टी भारत राष्ट्र समिति (बीआरएस) का सांसद कोटा प्रभाकर रेड्डीमाथि सोमबार विधानसभा चुनाव प्रचारका दौरान एक अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका छन् । रेड्डीलाई पार्टीको दुब्बक विधानसभा सीटबाट टिकट दिइएको छ ।

प्रहरीका अनुसार सिद्दीपेट जिल्लामा चुनाव प्रचारका दौरान उनीमाथि हमला भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार रेड्डीको पेटमा चोट लागेको छ । उनलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको छ । प्रहरीलाई उद्धृत गर्दै पीटीआईले रेड्डीले जिल्लाको दौलताबन्द मन्डलमा चुनाव प्रचार गरिरहेको बेला उनीमाथि चक्कु प्रहार भएको थियो । तेलंगानामा ३० नोभेम्बरमा विधानसभा चुनाव हुँदैछ ।

घटनापछिको भिडियोमा खुनको बहावलाई रोक्न रेड्डीले हातले पेटलाई दबाएर गाडीमा बसेर अस्पताल गइरहेको देखिएको छ । यता हमला गर्ने व्यक्तिलाई स्थानीयले कुटपीट गरेका छन् । सिद्दीपोटका प्रहरी कमिस्नर एन श्वेताले आक्रमणकारीलाई अहिले हिरासतमा राखिएको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’