कार्तिक १४, काठमाडौँ | आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ। अविनाश बोहराले आफ्नो पहिलो ओभरमै मलेसियाका ओपनर जुवैदी जुल्किफेलाई कुशल मल्लबाट क्याच आउट गराएका हुन् ।
जुवेदीले १६ बलमा तीन चौकाको सहयोगमा २४ रन बनाएका थिए । उनी आउट हुँदा मलेसिया ५.५ ओभरमा ५८/१ को स्थितिमा थियो । यसअघि मलेसियाले त्रिवी क्रिकेट मैदानमा नेपालविरुद्ध ४.२ ओभरमा ५० रन पूरा गरेको थियो ।
प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो ।