2026-11-01 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत

कात्तिक १४, काठमाडौँ । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि १६५ रन जोड्ने क्रममा ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको महत्वपूर्ण योगदान गरे । अर्का ओपनर जुबैदी जुल्किफले पनि २४ रन बनाएर आउट भए । मलेसियाले खेलमा अतिरिक्त रूपमा १६ रन पाएको थियो । खेलमा नेपालक लागि बलर अविनाश बोहराले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले खेलमा एक-एक विकेट हात पारे ।
मलेसियाको पहिलो विकेट ५.५ ओभरमा ५८ रन बनाउदा गुमेको थियो । नेपाली टोलीका बलर अविनाश बोहराले पहिलो विकेट लिन सफल भए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । 
मलेसियाको लागि कप्तान अहमद फाइज चार बलको सामना गरी तीन रन बनाएर आउट भए । त्यस्तौ विरनदिप सिंह चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूमा परे ।
त्यस्तै मलेसियाका सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । मलेसियाको लागि क्रिजमा जमेर खेलिरहेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई गुल्सन झाले कुशल भुर्तेलद्वारा क्याच गराएपछि खेलमा नेपाल फर्किन सफल भयो । 
सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएर ६८ रन बनाएका थिए । 
त्यसपछि मलेसियाका अइनुल हाफिजलाई ३ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि मुहम्मद अमिरलाई ८ रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट भए । 
मलेसियाको लागि स्याजरुल इद्रुसलाई ७ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । 
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय