2026-08-23 03:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियाद्वारा नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत

कात्तिक १४, काठमाडौँ । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो ।

मलेसियाका लागि १६५ रन जोड्ने क्रममा ओपनर ब्याट्सम्यान सैयद अजिजले ६८ रनको महत्वपूर्ण योगदान गरे । अर्का ओपनर जुबैदी जुल्किफले पनि २४ रन बनाएर आउट भए । मलेसियाले खेलमा अतिरिक्त रूपमा १६ रन पाएको थियो । खेलमा नेपालक लागि बलर अविनाश बोहराले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २७ रन खर्चिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले खेलमा एक-एक विकेट हात पारे ।
मलेसियाको पहिलो विकेट ५.५ ओभरमा ५८ रन बनाउदा गुमेको थियो । नेपाली टोलीका बलर अविनाश बोहराले पहिलो विकेट लिन सफल भए । उनले मलेसियाका ओपनर ब्याट्सम्यान जुबैदी जुल्किफीलाई कुशल मल्लद्वारा क्याच गराएका हुन् । 
मलेसियाको लागि कप्तान अहमद फाइज चार बलको सामना गरी तीन रन बनाएर आउट भए । त्यस्तौ विरनदिप सिंह चार रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूमा परे ।
त्यस्तै मलेसियाका सरविन मुनिन्डीलाई १३ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । मलेसियाको लागि क्रिजमा जमेर खेलिरहेका मलेसियाका ओपनर ब्याट्सम्यान सैयद अजिजलाई गुल्सन झाले कुशल भुर्तेलद्वारा क्याच गराएपछि खेलमा नेपाल फर्किन सफल भयो । 
सैयद अजिजले पेभेलियन फर्किनुअघि अर्धशतकीय पाली खेलेका थिए । उनले आक्रामक ब्याटिङ गर्दै ४९ बलको सामना गरी दुई छक्का र आठवटा चौका हिर्काएर ६८ रन बनाएका थिए । 
त्यसपछि मलेसियाका अइनुल हाफिजलाई ३ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि मुहम्मद अमिरलाई ८ रनको व्यक्तिगत स्कोरमा बोल्ड आउट भए । 
मलेसियाको लागि स्याजरुल इद्रुसलाई ७ रनको व्यक्तिगत स्कोरमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । 
एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपाल र मलेसिया दुबैको यो दोस्रो खेल हो । यसअघि सोमबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले हराएको थियो । मलेसिया भने आफ्नो पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
आठ राष्ट्रको सहभागिता रहेको यो छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो